काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा पुन्य चौलागाईको चर्चा …
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १२।
मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ (१ ) का लागि प्रदेस सभा सदस्य उम्मेदवारहरुको सम्भावित उम्मेद्वारीका वारेमा चर्चा सुरु भएको छ।
२०७४ सालको प्रदेस सभा निर्वाचनमा बाम गठबन्धनमा नेकपा माओवादी केन्द्रको भागमा परेको यस क्षेत्रमा यस पटक नेकपा एमालेका विभिन्न नेताहरुको चर्चा सुरु भएको छ जसको अग्र पंक्तिमा रहेका छन पुन्य चौलागाई।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य रहेका चौलागाई काठमाण्डौ महानगरपालिकाका १ र गोकर्णेश्वर नगरपालिकाका २ वडा रहेको यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका शसक्त दावेदार रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगर पालिकाको प्रमुख पदका उम्मेदवार रहेका चौलागाईले यस अघि नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ३ का विभिन्न जिम्मेवार पदमा रहेर काम गरिसकेका छन।
निर्वाचन आयोगको मत परिणाम अनुसार स्थानीय तहको निर्वाचन २०७९ मा यस क्षेत्रका तिन वटै वडामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका थिए। तिन वडामा निर्वाचित वडा अध्यक्षहरुले कुल ६३४१ मत प्राप्त गरेका थिए।त्यस्तै सो निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवारहरुले कुल ३७२६ मत प्राप्त गरेका थिए। वडा अध्यक्ष उम्मेदवारले प्राप्त गरेको मतमा नेपाली कांग्रेस २६१५ मत अन्तरले नेकपा एमाले भन्दा अगाडी रहेको छ।
त्यस्तै काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा नेकपा माओवादी केन्द्रको कुल मत ७७७ रहेको छ भने नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले कुल ६१९ रहेको छ।
२०७४ सालको प्रदेस सभा निर्वाचनमा नेपाली कांग्रेसले जितेको सो निर्वाचन क्षेत्रका तिन वडामा राप्रपाका उम्मेदवारहरुले ६३३ मत प्राप्त गरेका थिए।