गोकर्णेश्वर ३ सुन्ताखानमा श्री कृष्ण जन्माष्टमी पर्व र खट यात्रा सम्पन्न

गोकर्णेश्वर ३ सुन्ताखानमा  श्री कृष्ण जन्माष्टमी पर्व र खट यात्रा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, भाद्र ७ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा श्री कृष्ण जन्माष्टमी पर्व  र त्यसको भोलिपल्ट श्रीकृष्ण खट यात्रा भब्य रुपमा सम्पन्न भएको छ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि सुन्ताखानमा रहेको कृष्ण मन्दिरमा श्री कृष्ण जन्माष्टमी धुमधामका साथ मनाइएको छ । भगवान विष्णुको आठौँ अवतारका रुपमा द्वापर युगमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास गरिन्छ ।ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता भगवान श्रीकृष्णको जन्म हिन्दु धर्मशास्त्र अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको थियो ।अघिल्लो वर्ष कोरोना को कारण  जात्रा हुन सकेको थिएन। यस पल्ट कोरोना कम भए संगै भब्य रुपमा मनाइएको हो ।

उक्त पर्वमा गोकर्णेश्वर नगरपालिका प्रमुख सहित जनप्रतिनिधिहरु स्थानीय संघ सस्थाका पदाधिकारी र स्थानीयको उपस्थितिमा बाजागाजा सहित खट परिक्रम गरिएको स्थानीय जयराज भण्डारीले कपन अनलाइन लाइ जानकारी गराए ।उक्त पर्व र खट यात्राको लागि सुरक्षा लुब्रीकेन्टले टिशर्ट प्रायोजन गरेको समेत उनले जानकारी गराए ।खट यात्रा अवलोकन गर्न स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।