काठमाण्डौ क्षेत्र नं २ (१) मा को बलियो ?
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ७।
सरकारले मंगसिर ४ गते घोषणा गरेको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन आउन ८७ दिन बाँकी रहेको समयमा अहिले राजनीतिक दलहरुमा उम्मेदवारहरुको बहस निकै तीव्र बनेको छ।
कपन अनलाइनको चुनाव चर्चा शृंखला अन्तर्गत स्थानीय तहको निर्वाचन २०७९ मा वडा अध्यक्षहरुले प्राप्त गरेको मत परिणामका आधारमा प्रतिनिधि सभा र प्रदेस सभामा पार्टीको अवस्थाका वारेमा चर्चा गर्ने कर्ममा यहाँ काठमाण्डौ क्षेत्र नं २ ( १ ) को तथ्यांक प्रस्तुत गरिएको छ।
काठमाण्डौ महानगरपालिका वडा नं ३२ र ९ रहेको क्षेत्र नं २ ( १ ) मा स्थानीय तहमा वडा अध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।
निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार यस प्रदेस सभा क्षेत्रमा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ७५२३ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले कुल २७९० मत प्राप्त गरेका छन। यस प्रदेस सभा क्षेत्रमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ४७३३ मतले अगाडी रहेको छ। यस क्षेत्रको वडा नं ३२ मा गठबन्धनका कारण नेपाली कांग्रेसका उम्मेदवार प्रतिस्पर्धामा रहेका थिएनन।
दुई वडा रहेको यस प्रदेस सभा निर्वाचन क्षेत्रमा राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले कुल १९४१ मत प्राप्त गरेका छन भने नेकपा एसका उम्मेदवारहरुले कुल ३३९२ मत प्राप्त गरेका छन।