जब अध्यक्ष केपी ओली सामु श्रीकृष्ण श्रेष्ठले प्रदेस सभामा उम्मेदवार बन्ने इच्छा ब्यक्त गरे …..

जब अध्यक्ष केपी ओली सामु  श्रीकृष्ण श्रेष्ठले प्रदेस सभामा उम्मेदवार बन्ने इच्छा ब्यक्त गरे …..

कपन अनलाइन

काठमाण्डौ,भाद्र ६।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सचिव श्रीकृष्ण श्रेष्ठले अध्यक्ष केपी ओली सामु आसन्न प्रदेस सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन।

भक्तपुर बालकोटमा रहेको अध्यक्ष ओलीको निजि निवासमा जिल्ला कमिटी सदस्य तथा बुढानिलकण्ठ उपप्रमुख अनिता लामा ,नगर कमिटी अध्यक्ष प्रदिप डंगोल ,उपाध्यक्ष शम्भु भट्टराई ,उपसचिवहरु सुनिता गुरुङ र धोर्जे लामा सहितको टोलीमा पुगेका श्रेष्ठले आफु निवर्तमान वडा अध्यक्ष रहेको जानकारी गराउदै प्रदेस सभा सदस्यमा उम्मेदवार बन्न इच्छा व्यक्त गरेका थिए।

सो भेटमा आफुले कुरा राखिसकेपछि अध्यक्ष ओलीले “समय आएपछी सम्झाउनु”  भनेको बुढानिलकण्ठ-१३ का निवर्तमान अध्यक्ष श्रेष्ठले कपन अनलाइनलाई जानकारी दिएका छन।

२०७४ सालमा नेकपा एमालेको तर्फबाट विजयी बनेका कुसुम कुमार कार्की नेकपा एसमा गएपछि खाली भएको काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नयाँ र युवा नेतृत्वको बहस पेचिलो बनेको समयमा अध्यक्ष ओली संग भएको श्रेष्ठको भेट र इच्छालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का पुर्व उपसचिव श्रेष्ठ २०७९ सालको स्थानिय तहको निर्वाचनमा परिचालन कमिटीका सचिवालय सदस्य तथा प्रचार प्रसार प्रमुख रहेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।