नेकपा एस काठमाण्डौको अध्यक्षमा एलपी श्रेष्ठ र सचिवमा धुर्वराज न्यौपाने
कपन अनलाइन
काठमाण्डौ,भाद्र ५।
नेकपा एकीकृत सामाजवादी काठमाण्डौ जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ र सचिवमा धुर्वराज न्यौपाने चयन भएका छन ।
नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यता मा भएको तेश्रो पूर्ण बैठकले जिल्ला कमिटी पुनर्गठन गरेको हो।
नेकपा एका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी अध्यक्ष कुसुम कुमार कार्कीले निर्वाचनको तयारी गर्ने भन्दै राजनीनामा दिएपछि जिल्ला कमिटी पुनर्गठन गरिएको हो।
सो बैठकले कमिटीको उपाध्यक्षमा ॐ कुमारी श्रेष्ठ र बटुकृष्ण थापालाई चयन गरेको छ भने उपसचिवहरूमा कृष्णहरि खत्री र सुरेन्द्र हर्ष बज्राचार्य चयन भएका छन।
कमिटिले पूर्णता नपाउन्जेल उपसचिव धुर्वराज न्यौपानेलाई सचिवको जिम्मेवारी प्रदान गरेको सो बैठकले निर्वाचन योजनाहरु समेत पारित गरेको थियो।
तपाइँको प्रतिक्रिया ।