काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा अब युवाले नेतृत्व गर्नुपर्छ : रमादेवी राई

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा अब युवाले नेतृत्व गर्नुपर्छ : रमादेवी राई

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ४।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ की सह संयोजक रमादेवी राईले काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा अब युवाले नेतृत्व गर्नुपर्ने बताएकी छन।

अखिल नेपाल महिला संघ बुढानिलकण्ठ -१२ ले आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिकाकी निवर्तमान उपप्रमुख राईले क्षेत्र नं ४ (२ ) मा नेकपा एमालेका युवा नेताहरुले नेतृत्व गर्नुपर्ने बताएकी हुन्।

नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा राईले युवा पुस्तालाई मौका र जिम्मेवारी प्रदान गर्नुपर्ने आफ्नो भित्रि मनमा लागेको बताउदै युवा नेतृत्व आएमा आफुले मन बचन र कर्मले सहयोग गर्ने धारणा राखेकी थिइन्।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नयाँ र युवा नेतृत्वको बहस तीव्र बनेको समयमा राईको यो धारणा र अभिव्यक्तिले नेकपा एमालेको राजनीतिमा निकै ठुलो तरंग पैदा गरेको नगर कमिटीका एक पदाधिकारीले बताएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।