लायन्स क्लब सहितको संघ सस्थाले गरे गोकर्णेश्वरको सुन्दरीजलमा वृहत वृक्षारोपण अभियान सुभारम्भ
कपन अनलाइन
काठमाडौँ,साउन २८ । गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज क्षेत्रमा वृहत वृक्षारोपण अभियान सुभारम्भ गरिएको छ ।
हरियाली प्रवर्धन गर्ने उदेश्य सहित लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ डी अन्तर्गत रहेका लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस, लायन्स क्लब अफ काठमाडौं राइजिङ सन ,लायन्स क्लब अफ सुन्दरीजल, लायन्स क्लब अफ काठमाडौं पन्चशिल, लायन्स क्लब अफ काठमाडौं नयाँपाटी फेन्ड्स, लायन्स क्लब अफ काठमाडौं नारायणथान, पाथीभरा टोल सुधार तथा भवन निर्माण उपभोक्ता समिति, नृत्य निर्देशक संघ काठमाडौं, सरस्वती नगर स्पोर्ट्स क्लब ,सरस्वती नगर सुधार संघको संयुक्त आयोजनामा बिभिन्न प्रजातीका बोट बिरुवा रोपिएको हो ।
उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ डीका डिस्ट्रिक गभर्नर लायन बिष्णु भाइ श्रेष्ठ गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, बिपी संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल जनप्रतिनिधिहरु आयोजक संस्थाका पदाधिकारी सहित स्थानीयको उपस्थितिमा करिब ६ सय वटा बिभिन्न प्रजातिका बिरुवा रोपिएको कार्यक्रम संयोजक तथा लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट लायन विख्यात प्रसाद थपलियाले कपन अनलाइनलाइ जानकारी गराए ।पाथीभरा टोल सुधार तथा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश मगरको पहलमा भएको सो कार्यक्रममा सरस्वती स्पोर्ट्स क्लबका लायन माधब प्रसाद त्रिपाठीले बिरुवाको लागि सहजीकरण गरेको लायन विख्यात प्रसाद थपलियाले जानकारी गराए ।
लायन्स क्लबले बातावरणको क्षेत्रमा समेत काम गर्दै आएको जानकारी दिदै लायन थपलियाले क्लबको बार्षिक कार्यक्रम अन्तरगत स्वच्छ वातावरण निमार्णमा सघाउ पुर्याउने उदेश्य सहित लायन्स क्लब र विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको बताए उनले सो अभियान सुभारम्भ भएको र आगामी दिनमा पनि गर्दै जाने बताए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ डीका डिस्ट्रिक गभर्नर लायन बिष्णु भाइ श्रेष्ठले जल बायु परिवर्तनका कारण विश्वको तापमान बढिरहेको हुँदा वृक्षारोपणका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै रोपेका विरुवाको गोडमेल र सुरक्षा पनि आवश्यक रहेको बताए।उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख रिसालले आयोजकलाइ धन्यवाद दिदै हरियाली र बातावरण सन्तुलनको लागि वृक्षारोपण गर्नु आवश्यक रहेको बताए । उनले विरुवा रोप्नुभन्दा भन्दा पनि रोपिएका विरुवाहरुलाई संरक्षण गर्नुपर्नेमा समेत जोड दिएका थिए ।