बाढी ,पहिरो र डुबानका कारण भएको क्षति प्रति कागेश्वरी मनोहरा नगरपालिकाको ध्यानाकर्षण

बाढी ,पहिरो र डुबानका कारण भएको क्षति प्रति कागेश्वरी मनोहरा नगरपालिकाको ध्यानाकर्षण

कपन अनलाइन

काठमाडौं साउन २८ । कागेश्वरी मनोहरा नगरपालिकाले अविरल बर्षा पछि आएको बाढी पहिरो र डुबानका कारण बाली, पशु धन  लगायत भौतिक संरचनामा भएको क्षति प्रति गम्भीर ध्यानाकर्षण भएको प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले जारी गरेको उक्त बिज्ञप्तिमा विपदको सुचना प्राप्त क्षेत्रहरुमा नगर प्रमुख, उप प्रमुख वडाका जनप्रतिनिधिहरु कर्मचारी तथा नगर प्रहरी सहित स्थलगत रुपमा खटिएर उद्दारको कार्य गरिएको र बाढी तथा पहिरो बाट भएको क्षतिको बिवरण संकलन भईरहेको उल्लेख गरिएको छ।

क्षतिको बिवरण प्राप्त हुनासाथ नगरपालिका बाट तत्काल राहत तथा पुनस्थापनाको अत्यावश्यक कार्य अगाडी बढाएइएको र प्राकृतिक प्रकोप अझै साम्य नभई सकेकोले प्रभावित क्षेत्रका स्थानीय बासीहरुलाई सुरक्षित रहनका साथै पिडित परिवारलाई तत्काल उद्दार र राहत कार्यमा सहयोग गर्न समेत सम्पूर्ण नगरबासीहरुलाई अपिल गरिएको छ ।दिर्घकालिन रुपमा नदि नियन्त्रण सहित विपद न्यूनीकरणका लागि संघ तथा परदेश सरकार सनाग समन्वय गरि आवश्यक योजना तथा कार्यकर्म अगाडी बढाइने समेत बिज्ञप्तिमा  उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।