गगन थापाले सामुदायिक विद्यालयलाई बाँडे टेन्ट
बुनपा,जेठ -२१ / काठमाडौँ क्षेत्र नं ४ का निर्वाचित सभासद तथा काँग्रेश केन्द्रीय सदस्य गगन थापाले बुढानीलकण्ठ नगरपालिका अन्तर्गतका ७ वटा विद्यालयलाई १२ वटा अत्याधुनिक टेन्ट वितरण गरेका छन् ।
पूर्व क्षेत्रीय विद्यालय समितिका अध्यक्ष डोरप्रसाद आचार्यको पहलकदमीमा चिनिया लामा फाउण्डेशन मार्फत सहयोगमा आएको टेन्ट आज बालउद्धार उच्च माविमा एक कार्यक्रमका बीच सभासद गगन थापाले विभिन्न विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै सभासद गगन थापाले भने पहिलो चरणमा यस क्षेत्र नं ४ मा रहेका सामुदायिक विद्यालयमा केहि न केहि गर्नुपर्छ भनेर भारतको एउटा समूहसँग मिलेर क्षेत्र नम्बर ४ मा रहेको जनउद्धार मावि, यज्ञमति मावि, बालव्यवसायी मावि र नन्दी रात्री माविमा करिब ५० लाख बराबरको १०० बाई ९० को ४ वटा अस्थाई सेल्टर बनाउन लागेका छौँ । यति मात्रै नभई कोहि सामुदायिक विद्यालयका भवन चर्केको छ भने हामी तत्काल जस्तापाताले अस्थाई टहरापनि बनाउने छौँ । उनले यदि क्षेत्र नम्बर ४ मा कोहि विद्यालयलाई आवश्यकता भए डोरप्रसाद आचार्य मार्फत सम्पर्क गर्न पनि आग्रह गरे ।
कार्यक्रममै बोल्दै पूर्व क्षेत्रीय विद्यालय समितिका अध्यक्ष एंव उक्त कार्यक्रमका पहलकर्ता डोरप्रसाद आचार्यले भने हाम्रो समितिमा ४० वटा विद्यालय छन् र हामी कम्तिमा पनि सबै विद्यालयलाई यस्ता खालका सहयोग गर्नुपर्छ भनेर आज ७ वटा विद्यालयलाई टेन्ट उपलब्ध गराएका हौँ । भोलीका दिनमा हामी यस्ता खालका कार्यक्रम हाम्रो क्षेत्रभन्दा बाहिर पनि लाने तयारीमा छौँ ।
कार्यक्रममै मन्तव्य राख्दै चिनिया लामा फाउण्डेशनका अध्यक्ष ताइवान निवासी रोशना लामाले भनिन हामीले पहिलो चरणमा खाद्यान्न लगायतका राहत विभिन्न जिल्लामा वितरण गरिसकेका छौँ । अब हामी विद्यालय र अस्पतालमा अत्याधुनिक टेन्ट उपलब्ध गराउँछौँ र त्यसपछिको चरणमा भने हामी अस्पताल र विद्यालय पुर्ननिर्माणमा लाग्नेछौ । बौद्ध लामा परिवार कार्यक्रममै मन्तव्य राख्दै चिनिया लामा फाउण्डेशनका अध्यक्ष ताइवान निवासी रोशना लामाले भनिन हामीले पहिलो चरणमा खाद्यान्न लगायतका राहत विभिन्न जिल्लामा वितरण गरिसकेका छौँ । अब हामी विद्यालय र अस्पतालमा अत्याधुनिक टेन्ट उपलब्ध गराउँछौँ र त्यसपछिको चरणमा भने हामी अस्पताल र विद्यालय पुर्ननिर्माणमा लाग्नेछौ । बौद्ध लामा परिवार घ्याङ गुठीले सञ्चालन गर्ने चिनिया लामा फाउण्डेशनले हालसम्म सिन्धुपाल्चोक लगायतका विभिन्न भुकम्प पिडित जिल्लाका विकट क्षेत्रहरुमा राहत वितरण गरिसकिएको पनि उनले बताईन् ।
कार्यक्रममा विद्यालयका प्राचार्य होमप्रसाद वाग्लेले धन्यवाद दिदैँ बालउद्धार माविमा भुकम्पले क्षति पु¥याएको पर्खाल र शौचालय निर्माणमा पनि सहयोग गरिदिन आग्रह गरेका थिए ।