भग्नावशेष हटाउन खोज्दा छिमेकीको घर भत्कियो

भग्नावशेष हटाउन खोज्दा छिमेकीको घर भत्कियो

बुनपा – जेठ १२  /नेकपा एमालेको भुकम्पपछि देशैभरि भग्नावशेष हटाउने र पुर्ननिर्माणको एक महिने अभियान अन्तर्गत काठमाडौँ क्षेत्र नं ४ अन्तर्गत बुढानीलकण्ठ नगरपालिकामा पनि चलिरहेको छ । बुढानीलकण्ठ नगरपालिकामा हालसम्म एमालेको स्वयंसेवकहरुले सयौँ भग्नावशेष हटाइसकेको छ भने घरबार विहिन मानिसहरुका लागि सयौँको संख्यामा अस्थायी घरहरुपनि निर्माण गरिसकेको छ । यो अभियान अहिलेपनि बुढानीलकण्ठ नगरपालिका भित्र चलिरहेको छ ।
अभियान अन्तर्गत नै आज एमालेको एक स्वयंसेवक टोली बुढानीलकण्ठ नगरपालिकाको वडा नं १४ पैयाँटार कपनमा रहेको शारदा बुढाथोकीको घरको भग्नावशेष हटाउन तल्लिन थियो । पूर्ण रुपमा क्षति भएको उक्त घर भत्काउने कार्यमा एमालेका स्वयंसेवकहरु खटिरहेका थिए । शारदा बुढाथोकीको छिमेकमा राजेन्द्र बुढाथोकीको घर थियो । स्वंयमसेवक टोलीले शारदा बुढाथोकीको घरको एक साईडको पर्खाल भत्काउने क्रममा त्यो घरको पर्खाल भत्केर छिमेकी राजेन्द्र बुढाथोकीको घरमा लाग्न पुग्यो । त्यसले राजेन्द्र बुढाथोकीको घर भत्कियो भने उनको गोठमा रहेको गाई घाईते भयो ।
यसले त्यो क्षेत्रमा एकछिन माहौलमा असहज परिस्थति सिर्जना ग¥योे । तर स्वयंसेवक टोली र राजेन्द्र बुढाथोकीको सुझबुझले कुनै अप्रिय घटना घट्न पाएन ।

यस विषयमा कपनअनलाइनलाई जानकारी दिदै राजेन्द्र बुढाथोकीले भने एमाले स्वंयम सेवक टोलीले राम्रो काम गर्दा गर्दै पनि अलिकति सुझबुझ नलगाउँदा मेरो घर भत्कियो । मेरो गाई मर्ने अवस्थामा छ ।

छिमेकीको घर भत्काउँदा छिमेकीसँग सहकार्य गर्न नसक्नु नै आज यो घटना घट्नुको प्रमुख कारण हो । उनले थप्दै भने वास्तविक भुकम्प पिडित त म हो । बैशाख १२ गतेको भुकम्पले क्षति पु¥याएपछि म आफैले व्यक्तिगत खर्च गरेर घर बस्न लायक बनाएको थिएँ । मसँग बस्नका लागि त्यो भन्दा बाहेक घरपनि छैन । आज यो घटनाले त म घरबार विहिन भएको छु ।
यसै विषयमा आज त्यस क्षेत्रमा खटिएको एमाले स्यवंसेवक टोलीका एक सदस्य डल्ले लामालाई जिज्ञासा राख्दा उनले भने छिमेकी घरको जानकारी नराखिकनै भग्नावशेष हटाउने कार्य गर्नाले यो घटना भयो । हामीले भग्नावशेष हटाउन लागेको घर र राजेन्द्र्र सरको घरका बीचमा कम्तिमा ४ फिट दुरी थियो र हामीलाई त्यो घरमा गाई थियो भन्ने पनि जानकारी थिएन । यो भुलवस भएको घटना हो ।

यस विषयमा निर्वतमान कपनका एमाले सचिव हरिराम ढुङ्गानासँग बुझ्दा उनले भने मलाई अहिलेसम्म त्यो घटनाबारे जानकारी छैन । यदि बास्तवमै गल्ती भएको हो भने भोलीबाट यस्ता घटना दोहोरिन नदिन हामी सचेत हुनेछौँ ।

 

तपाइँको प्रतिक्रिया ।