काठमाण्डौ क्षेत्र नं ४ (२) को मैदानमा कुसुम कुमार कार्की ……..

कपन अनलाइन

काठमाण्डौ ,साउन २६।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनका वारेमा छलफल र परामर्श थालेका छन।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला कमिटी अध्यक्ष रहेका कार्कीले साउन २५ गते भएको एक भेलाको आयोजना गर्दै आसन्न निर्वाचन र सम्भावित उम्मेद्वारी वारेमा छलफल सुरु गरेका छन।

सम्भावित गठबन्धनको बहसले काठमाण्डौ क्षेत्र नं ४ (२) का कांग्रेस नेताहरु निरास बनेर चुपचाप बनेको समयमा नेकपा एसका नेताहरु संग भएको कार्कीको छलफललाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ मा २०७९ सालको स्थानीय तहको निर्वाचनमा गठबन्धनका लागि खासै उत्सुक नदेखिएको नेपाली कांग्रेसलाई प्रतिनिधि सभाको निर्वाचनमा कुसुम “कम्फर्टटेवल” हुने नेताहरु बुझाई रहेको चर्चा चलिरहेको बेला भएको सो छलफलमा प्रदेस सभा सदस्य कार्कीले आसन्न निर्वाचनमा उम्मेदवार बन्न सक्ने संकेत गरेका थिए।

बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ (२) बाट नेकपा एमालेको उम्मेदवार बन्दै २०७४ सालमा निर्वाचित भएका कार्कीले निर्वाचनको मैदानमा आउने संकेत सहित छलफलको सुरुवात गरे संगै स्थानीय राजनीति निकै तरंगित बनेको छ।

२०४८ सालमा साविक महाँकाल गाविसको उपाध्यक्ष ,२०५४ सालमा अध्यक्ष र २०७४ सालको निर्वाचनमा प्रदेस सभा सदस्यमा निर्वाचित भएका कार्कीको जनप्रतिनिधिका रुपमा “चौथो इनिंग्स ” का लागि मैदानमा आउने संकेतले अन्य राजनीतिक दलमा पनि बहस सुरु भएको छ।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं १ ,२ ,८ ,९ ,१० ,११ ,१२ र १३ मा वडा अध्यक्ष सहित नेकपा एमालेका २८ जना जनप्रतिनिधि विजयी बनेका थिए।

कुल ४० जना जनप्रतिनिधि मध्ये २८ जना निर्वाचित भएका नेकपा एमालेका ८ वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत ११,४१५ रहेको छ। त्यस्तै २०७४ सालको निर्वाचनमा रहेको सुन्य शंख्यामा सुधार गरेर १२ जना जनप्रतिनिधि निर्वाचित गरेको नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवारहरुले ८,६८० मत प्राप्त गरेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ (२) का सबै वडाको अध्यक्ष जितेको नेकपा एमाले र नेपाली कांग्रेसका वडा अध्यक्षहरुले प्राप्त  गरेको मतमा नेकपा एमालेले २,७३५ मत बढी प्राप्त गरेको छ।

निर्वाचन आयोगको वडा अध्यक्ष पदको मत परिणाम अनुसार यस प्रदेस क्षेत्रमा नेकपा एसले १,११४ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले ५८० मत प्राप्त गरेको छ भने रास्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष उम्मेदवारले ७५९ मत प्राप्त गरेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।