मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाको २५ औं जिल्ला साधारणसभा सम्पन्न

मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाको २५ औं जिल्ला साधारणसभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, साउन १५ । मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाको २५ औं जिल्ला साधारणसभा सम्पन्न भएको छ ।शनिबार ईष्ट पोल माबी जोरपाटी नारायाणटारको सभाहलमा बागमती प्रदेश सभा सदस्य मणिराम फुयालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रथम नगर प्रमुख सन्तोष चालिसे प्रथम उप प्रमुख शान्ती नेपाल नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्ष उद्दब बिष्ट गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल, मानब अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब रामकृष्ण बराल मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार होमकान्त  चौलागाई,

 

निवर्तमान सभापति उत्तम पुडासैनी,  गोकर्णेश्वर नगरपालिकाका निवर्तमान नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, काठमाडौं महानगरपालिका वडा नं ६ का निवर्तमान वडा अध्यक्ष दिपेन्द्र लामा, ईष्ट पोल माविका प्रधानाध्यापक राजेश राइ, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ प्रदेश ‘क’ सभापति श्रीराम चालिसे मानव अधिकार तथा शान्ति समाजका गोबिन्द खनाल   लगायत मानव अधिकार तथा शान्ति समाजका पदाधिकारी सहित स्थानीयको उपस्थिति  रहेको कार्यक्रमको अध्यक्षता  मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाका सभापति भगवान पुडासैनीले गरेका थिए भने कार्यक्रम संचालन मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाका सचिब प्रमोद फुयालले गरेका थिए ।

मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाका कोषाध्यक्ष विकास थापाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।नेपाली जनताको मानवअधिकार तथा शान्तिका लागि कार्य केन्द्रित भएतापनि समग्रमा संसारभरि शान्तिका लागि आणविक अस्त्रको उन्मूलन, मानवअधिकार तथा शान्ति र अहिंसात्मक अभियानबाटै उदाहरण बनेर प्रस्तुत हुने चाहाना समेत शान्ति समाजको उद्देश्य रहेको उनले बताए ।

कार्यक्रममा  वडाअध्यक्षहरुको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, मानब अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब रामकृष्ण बराल नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्ष उद्दब बिष्ट निवर्तमान सभापति उत्तम पुडासैनी,मानव अधिकार तथा शान्ति समाजका गोबिन्द खनाल , ईष्ट पोल माविका प्रधानाध्यापक राजेश राइ गोकर्णेश्वर नगरपालिकाको  प्रथम उप प्रमुख शान्ती नेपाल  प्रथम नगर प्रमुख सन्तोष चालिसे लगायतले मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका पक्षमा आमजनमानसलाई परिचालित गर्दै मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सहिष्णुता र सद्भावको संस्कृति निर्माण गर्ने लक्ष्य शान्ति समाजको रहेको बताएका थिए।  उनीहरुले शान्ती समाजले गरेको कार्यको प्रसंशा गर्दै मानव अधिकार तथा शान्ति समाज निर्माणमा सबै सरोकारवालाहरु एक जुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बागमती प्रदेश सभा सदस्य मणिराम फुयालले समाजको लागि शान्ति आवश्यक रहेको बताएका थिए  उनले कुरा भन्दा पनि काम गरेर देखाउनु पर्ने मा जोड दिदै राजनीतिकर्मी पनि सुध्रिनुपर्नेमा जोड दिएका थिए ।

उनले  सत्य हराएमा शान्ति र न्याय मर्ने बताएका थिए  ।कार्यक्रममा ईष्ट पोल माविका प्रधानाध्यापक राजेश राइले  मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखा र गाइ बाछा संरक्षणको लागि आर्थिक सहयोग समेत प्रदान गरेका थिए।

अध्यक्षताको आसन बाट बोल्दै मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाका सभापति भगवान पुडासैनीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।