बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रक्षा नेपालको सहयोगार्थ शिवपुराण महायज्ञ  शुरु

बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रक्षा नेपालको सहयोगार्थ शिवपुराण महायज्ञ  शुरु

कपन अनलाइन
काठमाडौँ, साउन १५ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं१० मा रक्षा नेपालको सहयोगार्थ शिवपुराण महायज्ञ  शुरु भएको छ।

विगत १९ वर्षदेखि यौनजन्य हिंसामुक्त समाज निर्माण उदेश्यसहित क्रियाशील संस्था रक्षा नेपालको संरक्षणमा रहेका किशोरीहरुको शिक्षादीक्षा तथा पालनपोषणको सहजताका लागि विश्व शान्ति अध्यात्म विज्ञान समाजको सहयोगमा शिवपुराण महायज्ञ आयोजक मूल समारोह समितिको आयोजनामा शुरु भएको हो।

शनिबार बिहान सयौंको संख्यामा उपस्थित महिला दिदिबहिनीहरुले कलशयात्रा सम्पन्न गरेपश्चात बूढानीलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी, वडा -१० अध्यक्ष नवराज भट्टराई तथा वडा -१२ का अध्यक्ष शम्भु भट्टराईको उपस्थितिमा औपचारिक रूपमा मन्त्रोच्चारण गरेर उक्त धार्मिक महायज्ञ शुभारम्भ गरिएको हो।

कलशयात्रामा बूढानीलकण्ठ नगरपालिका कपन क्षेत्रका महिला, रक्षा नेपालका किशोरीलगायत कर्मचारीहरुले शीरमा कलश राखेर महायज्ञस्थल मिलनचोक, सिद्धेश्वर शिव मन्दिर परिक्रमा गरेर पञ्चकन्या चोक, अकाशेधारा- ह्यान्डबल ग्राउन्ड, नवदुर्गा मन्दिर हुँदै यज्ञ गर्ने ठाँउमा आएर टुङ्गिएको थियो। आजबाट शुरु भएको शिवपुराण महायज्ञमा श्रद्धालु भक्तजनको भिड लाग्न थालेको छ।

साउन महीनामा विशेष गरि शिवको नै पूजाआरधना गरिने हुनाले पनि शिवपुराण श्रवण गरि पून्य कमाउने चाहना प्राय सबैमा हुनेगर्छ। त्यसैले साउन १४ गतेदेखि शुरु हुने महायज्ञ २४ गतेसम्म ११ दिनको हुनेछ ।

तपाइँको प्रतिक्रिया ।