बुढानिलकण्ठ-११ आनिगुम्बा नजिक कटान समस्या समाधानको काम सुरु भैसक्यो : राजु अधिकारी
कपन अनलाइन
काठमाण्डौ ,साउन १४।
बुढानिलकण्ठ नगरपालिका वडा ११ का जनप्रतिनिधिहरुले बाढीका कारण जोखिममा परेको घर र क्षेत्रमा तत्काल पुगेर समाधानको पहल गरेका छ्न।
बुढानिलकण्ठ -११ आनिगुम्बा नजिक रहेको स्थानीय बच्चुराम मल्लको घर काम्पाउन्ड सहित केही स्थानमा कटानका कारण समस्या आए संगै तत्काल स्थलगत निरीक्षण गरेर इस्टिमेट गरेको जानकारी दिदै वडा अध्यक्ष राजु अधिकारीले विभिन्न संचार माध्यममा प्रचार गरिए जस्तो नभएको बताएका छन।
वडा कार्यालयको संयोजनमा नगरपालिकाका इन्जिनियरहरु आएर स्थलगत अध्य्यन सम्पन्न भएको बताउदै अध्यक्ष अधिकारीले अब सुरक्षाको लागि काम सुरु हुने जानकारी दिएका छन।
जनप्रतिनिधिहरु हराए र कुनैवास्ता नगरेको र विपद व्यवस्थापन समितिमा जानलाई भनेको भनि स्थानीयलाई हवाला दिदै आएका समाचारहरु केवल गलत प्रचारवाजी मात्र भएको भन्दै वडा अध्यक्ष अधिकारीले सो स्थानमा दुई पटक नगरपालिकाका इन्जिनियर सहित जनप्रतिनिधि पुगेर निरीक्षण गरेको बताएका छन।
वडा नं ११ का जुनसुकै बस्ति र क्षेत्रमा दुखद घटना हुँदा पनि तत्काल पहलकदमी लिनका लागि जनप्रतिनिधिहरु तयार र तत्पर रहेको बताउदै सो क्षेत्रको समस्या समाधान गर्ने जानकारी दिएका छन।