काठमाण्डौ-४ को प्रतिनिधि सभामा मेरो दावी छ,गठबन्धनको औचित्य पुष्टी हुनुपर्छ : धुर्वराज न्यौपाने

कपन अनलाइन

काठमाण्डौ ,साउन ११।

नेकपा एकीकृत समाजवादी काठमाण्डौ जिल्ला कमिटी उपसचिव तथा क्षेत्र नं ४ का संयोजक धुर्वराज न्यौपानेले आसन्न  निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा दावी गर्ने बताएका छन।

लामो समय देखि काठमाण्डौ क्षेत्र नं ४ मा सक्रिय रहेका न्यौपानेले क्षेत्रको विकास र युवा शशक्तिकरणका लागि आफुले उम्मेद्वारी दिने तयारी गरेको बताएका छन।

साविक कपन गाविस र क्षेत्रमा राजनीतिक नेतृत्व गरेका उनले काठमाण्डौ महानगरका ४ र बुढानिलकण्ठका ८ वडालाई एक सुत्रमा बाधेर भौतिक र सामाजिक विकास गर्ने योजना आफु संग रहेको भन्दै संघ र स्थानीय तहका  प्रतिनिधिले सोचेजति काम गर्न नसकेकाले आफु अगाडी सर्न लागेको कपन अनलाइनलाई बताएका छन।

तपाइको क्षेत्रमा त  गठबन्धनको व्यापक चर्चा छन नि ? भन्ने कपन अनलाइनको प्रश्नमा न्यौपानेले गठबन्धनको औचित्य पुष्टी हुनुपर्ने बताएका छन। स्थानीय तहको निर्वाचनमा गठबन्धनको चर्चा अन्तिम समय सम्म चलेपनि गठबन्धनको मर्म अनुसार नभएको स्मरण गर्दै उनले प्रतिनिधि सभा र प्रदेस सभामा औचित्यका आधारमा गठबन्धन हुनुपर्ने धारणा व्यक्त गरेका छन।

अवको निर्वाचनमा उम्मेदवार बन्न चाहाने नेताले कार्यकर्ताहरुको प्रारम्भिक मत बाट अनुमोदन हुनुपर्ने अभ्यास सुरु गर्नुपर्ने आफ्नो प्रस्ताव रहेको बताउदै न्यौपानेले कतिपय स्थानमा उम्मेद्वारी नदिए पनि भर्खरै सम्पन्न भएको स्थानीय तहमा आएको मत हेर्दा नेकपा एस क्षेत्र नं ४ मा निर्णायक शक्ति रहेको दावी समेत गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।