काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा को बलियो ?

कपन अनलाइन

काठमाण्डौ,साउन १०।

प्रदेस सभा निर्वाचनको मिति घोषणाको सन्निकटमा सरकार रहेको समयमा  काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा पनि  राजनीतिक जोड घटाउ सुरु भएको छ।

हरेक निर्वाचनमा निकै चर्चामा रहने  काठमाण्डौ क्षेत्र नं ४ को प्रदेस सभा क्षेत्रमा  स्थानीय तहको मत परिणाम पछी राजनीतिक जोड घटाउ र सम्भावित दावेदारहरुको लिगलिगे दौड सुरु भैसकेको छ ।

काठमाण्डौ महानगरपालिकाका ४  वटा वडाहरु रहेको प्रदेस सभा क्षेत्रमा पनि स्थानीय तहको निर्वाचनको परिणाम पछी आगामी प्रतिनिधि तथा प्रदेस सभा निर्वाचनको बहस सुरु भएको छ ।

काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेस  बलियो देखिएको छ।काठमाण्डौ महानगरपालिका वडा नं १,७,८ र ३० मा मध्ये ३ वटामा नेपाली कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन भने १ वडामा नेकपा एमाले विजयी बनेको छ ।

वडा नं ७,८ र ३० मा वडा अध्यक्ष जितेको नेपाली कांग्रेसका वडा अध्यक्षले कुल ७०८३ मत प्राप्त गरेका छन भने नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारले ५०९२ मत प्राप्त गरेका छन। यस प्रदेस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले विचको मत अन्तर १,९९१ रहेको छ ।

निर्वाचन  आयोगको वडा अध्यक्ष पदको मत परिणाम अनुसार यस प्रदेस क्षेत्रमा नेकपा एसले १३००  मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले २६४ मत प्राप्त गरेको छ।

तपाइँको प्रतिक्रिया ।