काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा उम्मेद्वारी दिने पुराना नेता नातिकाजी कार्की (अजय) को तयारी

कपन अनलाइन

काठमाण्डौ,साउन १०।

नेपाली कांग्रेस बागमती प्रदेस समिति सदस्य नातिकाजी कार्की (अजय) ले आसन्न प्रदेस सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ ( १ ) मा उम्मेद्वारी दावी गर्ने तयारी गरेको बताएका छन।

२०४० सालबाट नेपाली कांग्रेसको आन्दोलनमा सक्रिय रहेका कार्कीले काठमाण्डौ क्षेत्र नं ३ (१ ) को प्रदेस सभा सदस्य पदमा आफ्नो दावी रहने बताएका हुन।

स्थानीय तह र संघीय सरकार विचको पुलका रुपमा प्रभावकारी भूमिका निर्वाह गर्नका लागि आफ्नो उम्मेद्वारीमा दावी रहेको बताउदै काठमाण्डौ महानगरपालिका वडा नं ६,पाटीटार निवासी कार्कीलेले  लामो समय देखि सामाजिक क्षेत्रमा रहेको सक्रियतालाई राजनीतिमा समर्पित गर्ने प्रतिवदत्ता समेत व्यक्त गरेका छन।

काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा काठमाण्डौ महानगरपालिका वडा नं ६ सहित गोकर्णेश्वर नगरपालिकाका वडा नं ५ र ९ रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।