चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

कपन अनलाइन 

काठमाडौं साउन १०। चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् ।  मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी नेपालका चर्चित सुरस्टार हुन् । १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् ।

उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा रहेका थिए ।नवनियुक्त अध्यक्ष केसीको कार्यकाल दुई वर्षको हुनेछ । नेकपा एमालेमा रहेका केसी केही समयअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी कांग्रेस प्रवेश गरेसँगै विकास बोर्ड अध्यक्षको दाबेदारको रुपमा हेरिएको थियो ।

फोटो; सामाजिक संजाल

तपाइँको प्रतिक्रिया ।