दलीय प्रतिनिधि असफल भएकोले स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेको छु : निरन्जन पुडासैनी

दलीय प्रतिनिधि असफल भएकोले स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेको छु : निरन्जन पुडासैनी

कपन अनलाइन

काठमाण्डौ ,साउन ३।

लामो समय देखि विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेका समाजसेवी निरन्जन पुडासैनीले दलीय प्रतिनिधि असफल भएकोले काठमाण्डौ क्षेत्र नं ३ को प्रतिनिधि सभामा  स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेको बताएका छन।

नेपालमा दलीय प्रतिनिधित्वको ३० वर्ष पुरा भैसक्दा पनि कुनै पनि परिवर्तन जनताको सुख दुखमा साथ दिने नभएकोले अवको समयमा दलको दलदलमा नफसेका स्वतन्त्र ब्यक्तिले नेतृत्व गर्नुपर्ने भन्दै पुडासैनीले आफ्ना विभिन्न एजेन्डा सहित काठमाण्डौ क्षेत्र नं ३ को चुनावी मैदानमा उत्रिने तयारी गरेका हुन्।

नेपाल रास्ट्र जस्ती काठमाण्डौ क्षेत्र नं ३ मा पनि दलीय तानातान र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका कारण जनताको विकासको चाहना सम्बोधन हुन् नसकेको बताउने उनले समग्र पक्षको विकासका लागि स्वतन्त्र ब्यक्तिको नेतृत्व हुनुपर्ने धारणा अगाडी सारेका छन।

दलीय सिन्डिकेट हुँदा सामाजिक न्याय,दिगो विकासको अवधारणा र विकासको प्रणाली र जनताको प्रत्यक्ष सहभागिता नभएको भन्दै पुडासैनीले स्वतन्त्र उम्मेद्वारी दिन लागेको कपन अनलाइनलाई बताए।

 के के छन पुडासैनीका मुद्दाहरु ?   

१.स्थानीय उत्पादनको प्रवर्धन 

आगामी प्रतिनिधि सभाको निर्वाचनको मैदानमा उत्रिने तयारीमा रहेका पुडासैनीले स्थानीय उत्पादनलाई प्रवर्धन गर्नका लागि जनताको अशली प्रतिनिधिका रुपमा काम गर्ने बताएका छन।

उनले स्थानीय उत्पादन जसमा अन्न , तरकारी सहित ठुलो जनाशंख्या आश्रित रहेको स्थानीय मदिराको उत्पादनलाई कानुनी मान्यता दिदै ब्रान्डका रुपमा स्थापित गर्ने अवधारणा अगाडी सारेका छन ।

२.व्यक्तिगत सम्पतिको रक्षा 

अहिले जनताको मतले क्षेत्र नं ३ मा निर्वाचि प्रतिनिधिहरु जनताको व्यक्तिगत सम्पति रक्षामा उदासिन र लापरवाह देखिएको भन्दै समग्र क्षेत्रमा ध्यान दिएर न्यायिक मुद्दाहरुको यथासिघ्र समाधानका लागि आफुले उम्मेद्वारी दिने तयारी गरेको पुडासैनी बताउछन।

काठमाण्डौ क्षेत्र नं ३ का धेरै जनताले आफ्नो पिता पुर्खा देखि भोगचलन र उपयोग गर्दै आएको सम्पतिमा समेत कानुनी उल्झन र मुद्दा रहनु दलीय प्रतिनिधिहरुको चरम असफलता र मत प्रतिको बेइमानी रहेकको भन्दै उनले अवको सो समस्याको समाधान स्वतन्त्र व्यक्तिको नेतृत्व रहेको बताएका छन ।

३.सामाजिक न्याय 

अहिले अन्य क्षेत्रमा जस्तै काठमाण्डौ क्षेत्र नं ३ मा पनि राजनीतिक पहुँच र प्रभावमा परेर वितरणमुखी बजेट र बिना अनुसन्धानको विकास भएको भन्दै उनले नयाँ अवधारणाको विकास आवस्यक रहेकोले सो को पैरवीका लागि आफुले उम्मेद्वारी दिने तयारी त्थलेको बताएका छन।

अवको समय बैज्ञानिक विकास प्रणालीको रहेको भन्दै पुडासैनीले  काठमाण्डौ क्षेत्र नं ३ को विकासमा देखिएको दलीय खिचातानी र अस्वस्थ गतिविधिको भण्डाफोर गर्दै सम्मुनत क्षेत्र विकासका लागि आफुले उम्मेद्वारी दिने बताएका छन ।

तपाइँको प्रतिक्रिया ।