६८ बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाइ सामाजिक सुरक्षा भत्ताको लागि निवेदन दिन गोकर्णेश्वर ४ को सुचना

६८ बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाइ  सामाजिक सुरक्षा भत्ताको लागि निवेदन दिन गोकर्णेश्वर ४ को सुचना

कपन अनलाइन

काठमाडौं साउन ३। गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले ६८ बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ताको लागि निवेदन दिने समबन्धि सार्वजनिक सुचना जारी गरेको छ। वडा सचिब नवराज सेनलेल जारी गरेको उक्त सुचनामा नेपाल सरकारको २०७९/८०को बजेट बक्तब्यमा६८ बर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिक सुरक्षा भत्ता दिने उल्लेख भएको र सोहि बमोजिम हुने गरि सामाजिक सुरक्षा ऐन२०७५मा संशोधन समेत भईसकेको हुँदा सोहि ऐन २०७५ को दफा १२ र सामाजिक सुरक्षा नियमावली २०७६ को नियम ५ बमोजिम त्यस्ता लाभग्राहीहरुको निवेदन प्राप्त गरि लाभग्राही सूचीकरण प्रक्रिया अगाडी बढाउनुपर्ने भएकोले गोकर्णेश्वर नगरपालिका वडा नं ४ भित्रका ६८ बर्ष पुगेका ज्येष्ठ नागरिकहरुले निम्न कागजात सहित निवेदन पेश गर्न सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

आवश्यक कागजात

१) नागरिकता सक्कलै १ प्रति

२) नागरिकताको प्रतिलिपि १ प्रति

३) पासपोर्ट साइजको फोटो २

४) बसाइ सराइ गरि आउनेको हकमा बसाइ सराइ दर्ता

तपाइँको प्रतिक्रिया ।