कागेश्वरीको मुलपानी नगर अस्पतालका लागि अक्सिजन ऐनलाइजर मेसिन प्रदान

कागेश्वरीको   मुलपानी नगर अस्पतालका  लागि अक्सिजन ऐनलाइजर मेसिन प्रदान

कपन अनलाइन

काठमाडौँ, साउन १।  कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगरअस्पतालको लागि अक्सिजन ऐनलाइजर मेसिन प्रदान गरिएको छ । रोटरी क्लब इन अस्ट्रेलिया र दिदि फाउन्डेसनको सहकार्यमा नगर प्रमुख उपेन्द्र कार्कीलाइ मुलपानी नगरअस्पतालको लागि  दुइ थान अक्सिजन ऐनलाइजर  (अक्सिजनको लेभल हेर्ने मिसिन) हस्तान्तरण गरिएको हो ।

सामग्री बुझ्दै नगर प्रमुख कार्कीले रोटरी क्लब इन अस्ट्रेलिया र दिदि फाउन्डेसनलाइ सामग्री प्रदान गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै  आवश्यक सहयोगको  अपेक्षा गरेका थिए । सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे लगायत स्वास्थ्य शाखाका कर्मचारीको उपस्थिति रहेको थियो  ।उक्त मेसिन नगर प्रमुख उपेन्द्र कार्कीले स्वास्थ्य शाखा मार्फत मुलपानी नगर असपतालका डाक्टर प्रयुस अर्याललाइ हस्तान्तरण गरिएको स्वास्थ्य शाखाले कपन अनलाइनलाइ जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।