सुदेश पराजुलीलाई साथ दिदै अनेरास्ववियू काठमाडौ जिल्ला अध्यक्षद्वारा दोस्रो दिनबाट अनसन सुरु

सुदेश पराजुलीलाई साथ दिदै अनेरास्ववियू काठमाडौ जिल्ला अध्यक्षद्वारा दोस्रो दिनबाट अनसन सुरु

कपन अनलाइन

काठमाण्डौ ,असार ३०।

त्रिभुवन विश्वविद्यालयभित्र रहेका विकृति, विसंगति र शैक्षिक अपराधिकरणका विरूद्ध लाखौ विद्यार्थीहरुको भविस्य बोकेको त्रिभुवन विश्वविद्यालय सुधारको माग राख्दै अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले उपकुलपति कार्यालय किर्तिपुरमा थाल्नु भएको आमरण अनसनमा काठमाडौ जिल्ला अध्यक्ष एटम बिद्रोहीले पनि एक्यवद्धता जनाउदै हिजो दोस्रो दिनबाट अनसन गरेका छन ।

केन्द्रको आमरण अनसनप्रती एक्यवद्धता जनाउदै अनेरास्ववियू काठमाडौ जिल्ला कमिटी पनि माग सम्बोधन नभए सम्म केन्द्रीय कमिटीसगै अनसनमा सरिक हुने कुरा एक्यवद्धता बिज्ञाप्ति मार्फत अवगत गराउदै उनि  पनि अनसन बस्न गएका हुन् ।

यतिखेर केन्द्रीय अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधब पन्त स्वस्थ्य अवस्थामा समस्य देखिए सगै हिजो देखि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन ।

त्रिभुवन विश्वविद्यालयलाई मजबुत बनाउने यो स्वर्णिम आन्दोलनमा थप उर्जा थपी त्रिभुवन विश्वविद्यालय प्रशासनलाई विद्यार्थीहरुको जायज माग सम्बोधन गराउन दबाब दिन हातेमालो गर्न पनि एटमले सबैसग अनुरोध गरेका छन ।

बिज्ञप्ति :

No description available.

तपाइँको प्रतिक्रिया ।