गुरु पुर्णिामाको महिमा : पदम कार्की

गुरु पुर्णिामाको महिमा : पदम कार्की

कपन अनलाइन

काठमाण्डौ ,असार २८।

गुरु ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवोमहेश्वरः । गुरुःसाक्षात् परब्रह्म तस्मै श्री गुरवेनमः ।। अखण्ड मण्डलाकारं व्याप्तं येन चराचरं । तत्दपदं दर्शितं येन तस्मै श्री गुरुवे नमः हामी गुरु शब्द सहज रूपमा उच्चारण गछौं । वास्तवमा गुरु शब्दले दिन खोजेको संदेश के हो भन्ने विषयमा कमै चिन्तनशील हुन्छौं । सामान्य रूपमा पनि गुरु शब्द उच्चारण गर्न सकिन्छ ।

सामान्य व्यक्तिमा पनि केही न केही गुरु रूप नहोला भन्न सकिन्न । गुरु भेष धारीमात्रै गुरु हुनुपर्छ भन्ने छैन । हरेक परिस्थिति, हरेक गुण गुरु रूपनै मान्न सकिन्छ । तथापि गुरु भनेर पुकार्न खोजेको वास्तविक कस्तो गुरुलाई हो ? सबैको लागि चिन्तनको विषय रहेको छ । गुरु यस्तो हुनुपर्छ जसले हामीलाई असत्बाट सत्मार्ग तिर डोरिने शिक्षा दिन सकुन् ।

जुन गुरुले मृत्युको महाभयबाट अमृततर्फ जानसक्ने ज्ञानशक्ति दिन सकुन् । जुन गुरुले अज्ञानबाट ज्ञानको ज्योतितर्फ जाने मार्गदर्शन गर्न सकुन् । जुन गुरुले हामीलाई आफू भित्रको महागुरुलाई चिन्नसक्ने मार्गदर्शन गर्न सकुन्।

आफुले शिक्षा दिएको शिष्य आफुभन्दा राम्रोहोस यो बिचारको गुरु हामी जुन भगवानको नजिक या कतैजान्छौ मनमा सत्य आनन्द आउँछ त्यो आनन्द आउने मन सबैभन्दा ठूलोगुरु हो। गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरु तत्वले आवाज निकाल्छ, नाई ! त्यसो नगर । त्यो गलत हो भन्ने आवाज सुनेपछि हामी कतिले पाइला रोक्छौँ, त कतिले सुनेर पनि नसुनेको जस्तै गर्छौं ।

यस अर्थमा हामी सबैको भित्रपनि एउटा गुरु तत्व रहेको छ ।सत्यलाई आत्मसात् गर्नसके गुरु तत्व सदैव उपस्थित रहिरहन्छ । जिन्दगीले हरेक मोडमा हामीलाई केही न केही सिकाएरै जान्छ! सँधै देखिने भगवान आमा बाबा सबैका गुरु। गुरु खोज्न कतै नजाउ आफुभित्रको गुरु सबैले चिनौ।

तपाइँको प्रतिक्रिया ।