बिनोद नेपाल स्मृति फाउन्डेसन बुढानिलकण्ठ १२ को रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं,असार २५ । अमेरिकामा अध्ययन को क्रममा सडक दुर्घटनामा परी निधन भएका बिनोद नेपालको सम्झनामा बिनोद नेपाल स्मृति फाउन्डेसन बुढानिलकण्ठ १२ ले रक्तदान जीवनदान भन्ने मूल नाराको साथमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
आज बिहान ११ बजे बाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० बालुवाखानी चोकमा पूर्व स्वास्थ्यमन्त्रि एबम वर्तमान प्रतिनिधिसभा सदस्य गगनकुमार थापाको प्रमुख आतिथ्यमा शुरु भएको उक्त रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको आयोजकले कपन अनलाइनलाइ जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।