‘नेवाः देय् दबू’ बुढानीलकण्ठद्वारा नेवा समुदायका जनप्रतिनिधिलाई बधाई,नेपाल भाषा प्रयोग गर्न माग

‘नेवाः देय् दबू’ बुढानीलकण्ठद्वारा नेवा समुदायका जनप्रतिनिधिलाई बधाई,नेपाल भाषा प्रयोग गर्न माग

कपन अनलाइन

काठमाण्डौ ,असार २५ ।

‘नेवाः देय् दबू’ बुढानीलकण्ठ नगर समितिद्वारा स्थानिय तह निर्वाचन २०७९ बाट निर्वाचित नगरपालिका प्रमुख, उपप्रमुख लहगायत नेवा समुदायबाट निर्वाचनमा उम्मेद्वारी दिइ जीत हासिल गरेका जनप्रतिनिधीहरुलाई बधाईका साथ १८ बुँदे अडान पत्र हस्तान्तरण गरेको छ।

सो अडान पत्रमा बुढानिलकण्ठ  नगरपालिकामा नेवाः समुदायको मातृभाषा ‘नेपाल भाषा’ लोप हुने स्थितिमा रहेका कारण यसलाई प्रचलनमा ल्याउनु  पर्नेमा जोड दिइएको छ ।

‘नेवाः देय् दबू’ बूढानीलकण्ठ नगर समितिद्वारा आयोजित कार्यक्रमका सभापती ब्रम्हदेव श्रेष्ठ, विशेष अतिथि ‘नेवा देय् दबू’ उपत्यकाका विशेष प्रदेश समितिका अध्यक्ष श्री कृष्ण महर्जन, गणेशमान श्रेष्ठ, धन बहादुर महर्जन, सृजनमान श्रेष्ठ, श्याम काजी श्रेष्ठ,  प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने लगायतको उपस्थितिमा  वडा नं २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, डा नं ७ का अध्यक्ष बस नारायण महर्जन, वडा नं १३ का अध्यक्ष टिका नारायण महर्जन र नगरपालिकाका वडा नं १ देखि १३ सम्म नेवार समुदायबाट विजयी रहेका १३ जना जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन गरिएको थियो।

अडान पत्रमा उल्लेखित १८ बुँदे मुद्दाहरुः  

१. स्थानीय तहमा स्थानीय मातृभाषा अर्थात नेपाल भाषालाई पनि कामकाजी भाषाको रुपमा मान्यता दिनुपर्ने र पालिकाभित्र संघ, प्रदेश र स्थानीय सरकार मातहतका निकाय र कार्यालयहरुमा समेत नेपालभाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्न लगाउने ।

२. स्थानीय पाठ्यक्रम स्थानीय मातृभाषा नेपालभाषाकै माध्यमवाट एक कक्षादेखि आठ कक्षासम्म पठन पाठनको व्यवस्था गर्ने ।

३. पालिका भित्र कुनै पनि जनशक्ति आवश्यकता भएमा स्थानीय मातृभाषा जानेकालाई विशेष प्राथमिकता दिने

४. नेवा:हरुको पुराना वस्तीका मूर्त / अमूर्त संस्कृति सम्पदालाई प्रभाव नपर्ने किसिमले मात्र सो क्षेत्रका घर जग्गा विक्रि वितरणका लागि घरबाटो सिफारिस गर्ने ।

५. उपत्यका भित्र विभिन्न स्थानमा मनपरि ढंगले नामांकरण गर्ने कार्य तिब्र रुपमा भइरहेको देखिन्छ । त्यस्तो कार्यलाई तत्काल रोकी स्थानीय पहिचान, इतिहास, संस्कृति, सभ्यतासंग सम्वन्धित प्राचिन नाम कायम गर्ने ।

६. संविधानको धारा ३२ मा भएको संस्कृति / सम्पदा सम्बन्धि मौलिक हकलाई आत्मासाथ गर्दै विकास निर्माण, सडक विस्तार वा कुनै पनि बहानामा संस्कृति सम्पदालाई नष्ट नगर्ने ।

७. संविधानको धारा २५ मा व्यवस्था भएको निजी सम्पत्ति सम्वन्धि मौलिक हक र धारा ३७ मा व्यवस्था भएको आवास सम्बन्धि मौलिक हक अनुसार विकल्प भएसम्म सडक विस्तार नगर्ने ।

८. सर्वोच्च अदालतको आदेशलाई पालना गर्दै सडक सिमा र सडकको मापदण्ड सरोकारवाला पक्षसंग सहमित लिएर मात्र कायम गर्ने .

९. विकास निर्माण लगायत कुनै पनि बहानामा जबरजस्ती विस्थापित नगर्ने, आदिवासी नेवाहरुको सवालमा आइएलओ १६९ र युएनड्रिप कार्यान्वयन पूर्वसर्त हो, त्यसैले पूर्व सुसूचित जानकारी मन्जुरी लिएर मात्र योजना तर्जुमा, कार्यान्वयन र सञ्चालन गर्ने साथै विस्थापित भएका छन् भने पुन:स्थापित गर्ने ।

१०. आदिवासी नेवा: समुदायका संस्कृतिसंग सम्बन्धित सामुहिक भूमि संरक्षण सम्वर्द्धन गर्ने र अतिक्रमण गर्न समेत नदिने ।

११. प्राचिन ऐतिहासिक एवं सांस्कृतिक नेवाः वस्तीलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरी नेवा: आदिवासीहरुको प्रथाजन्य संस्था गुथिको प्रतिनिधित्व गराई स्वायत्त संरचना निर्माण गर्नुपर्ने ।

१२. आदिवासी नेवा:हरुको प्रथाजन्य संस्था गुथिलाई कानुनी मान्यता दिनुपर्ने ।

१३. पालिका भित्रको भूमि व्यवस्थापनका लागि वैज्ञानिक भू-उपयोग नक्सा तयार गरी कार्यान्वयन गर्नुपर्ने ।

१४. पालिका भित्रका संस्कृति, सम्पदा संरक्षण गर्नुपर्ने र सम्पदा पुनः निर्माण गर्ने क्रममा पुरातात्वीक एवं नेवाः वास्तुकलाको आधारमा गर्नुपर्ने । सम्पदा पुनः निर्माणको क्रममा स्थानीयवासीको उपभोक्ता समितिको माध्यमबाट मात्र गर्नुपर्ने ।

१५. प्राचिन नेवाः वस्तीमा नेवा: शैलीमा घर निर्माण गरेकाहरुलाई विशेष सहुलियत वा साहयोगको व्यवस्था गर्नुपर्ने ।

१६. पालिका भित्र संघ संस्था, खलः पुचः, पसलदेखि सरकारी कार्यालय, निकाय र पालिकासंग सम्वन्धित विभिन्न कार्यालयका साइनबोर्डहरुमा उपत्यकामा नै विकसित भएको प्रचलित नेपाल लिपि वा रञ्जना लिपि पनि अनिवार्य रुपमा राख्न लगाउने। प्रचलित वा रञ्जना लिपि प्रयोग गरेकाहरुलाई विशेष सहुलियत वा सहयोगको व्यवस्था गर्नुपर्ने ।

१७. आदिवासी नेवाःहरुको ज्ञान, सीप, प्रविधिलाई संरक्षण र सम्वर्द्धन गर्नुपर्ने ।

१८. स्थानीय भाषा नेपालभाषाका विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने ।

स्थानिय तह निर्वाचन २०७९ मा विजयी रहेका जनप्रतिनिधीहरुलाई टीका लगाई, नेवाः चलन अनुसार कोखा (विषेश माला) बधाई सँगै सम्मान पत्र प्रदान गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।