मनकारी घरबेटी
कपन अनलाइन संवाददाता /सिर्जना अधिकारी
जेठ-१९- बुनपा / काठमाडौँमा डेरामा बस्नेहरुले भुकम्पपछिको घर भाडा मिनाहा गराउन संगठन नै खडा गरेर दवाव दिईरहेको बेला र सरकारले पनि घरबेटीहरुलाई १ महिनाको घरभाडा नलिन आग्रह गर्ने तयारी गरिरहेको बेला काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नं ९, हात्तिगौँडा निवासी केशव धितालले भने १ महिनाको घरभाडा नलिने घोषणा गरेका छन् ।
बुढानीलकण्ठ न.पा.–९ निवासी धितालले एक बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा एक निवेदन दर्ता गरि निवेदन मार्फत भनेका छन् मैले दैनिक जसो राष्ट्रिय पत्रपत्रिकामा यस्तो पिडाका समयमा पनि घरबेटीले भाडा बढाएको समाचार पढेँ । जसले गर्दा मलाई मर्माहत बनायो । मानिस भएर मानिसको समस्या नबुझ्नेहरुका लागि राम्रो सन्देश दिन मैले यो निर्णय गरेको हुँ । उनले विज्ञप्तिमा भनेका छन् हाम्रा घरमा जे जति परिवार डेरा गरि बसेका छन् सबैलाई प्रति परिवार १ महिनाको भाडा नलिई भुकम्पको उद्दारमा सम्मिलित हुने इच्छा व्यक्त गर्दछु । बुढानीलकण्ठ नगरपालिका कार्यालयमा जेठ १९ गते दर्ता नं ११५२ मा दर्ता गरिएको निवेदन कपनअनलाइनसम्म पनि आइपुगेको छ ।
र यो पनि
घरधनीले मिनाहा गरे भुकम्प पिडितलाई घरभाडा