घरधनीले मिनाहा गरे भुकम्प पिडितलाई घरभाडा

घरधनीले मिनाहा गरे भुकम्प पिडितलाई घरभाडा

गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पले देशका लाखौँ मानिस घरबार बिहिन भएका छन् । हजारौँ घर बस्न लायक छैनन् । अझैपनि हजारौँ मानिसहरु खुल्ला आकाश मुनि रात तिाउन बाध्य छन् । सिंगो देशलाई परेको यो महाविपत्तिमा हजारौँले सहयोगी मनले सहयोग गरिरहेका छन् ।
सहयोगका विभिन्न माध्यम मध्ये बुढानीलकण्ठ नगरपालिका कपन निवासी निरन्जन नेपालले एउटा अनौठो सहयोगको घोषणा गरेका छन् । आफ्नो घरमा डेरामा बस्नेलाई उनले बैशाख महिनाको घरभाडा नलिने घोषणा आफ्नो फेसबुक मार्फत गरेका छन् । यस विषयमा कपन अनलाइनले जिज्ञासा राख्दा उनले भने–‘यस्तो अवस्थामा सहयोग गर्नु सबैको कर्तव्य हो । त्यसैले मैले पनि मेरो घरमा भाडामा बस्नेका यो महिनाको भाडा नलिने निर्णय गरेको हो ।’

11179942_388497708002315_3006108853810556202_n
उनले गरेको यस्तो खालको घोषणले सकारात्मक चर्चा बटुलेको छ भने आम घरबेटीलाई पनि घच्घचाएको छ ।
संस्मरण रहोस् निरन्जन नेपाल कपनका चिरपरिचित युवा नेता र एमाले भातृ संगठन युवा संघका काठमाडौंका निर्वतमान अध्यक्ष पनि हुन् ।

तपाइँको प्रतिक्रिया ।