गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा शुक्रबार स्वास्थ्य शिविर हुदै
कपन अनलाइन
काठमाडौं असार २३। गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा स्वास्थ्य शिविर संचालन हुने भएको छ। असार २४ गते शुक्रबार शहरी स्वास्थ्य केन्द्र वडा नं ८ मा बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म बिशेषज्ञ शेवा( नाक, कान ,घाटी, आँखा, छाला समबन्धमा) प्रयोगशाला परिक्षण र निशुल्क औषधी वितरण सहितको स्वास्थ्य शिविर संचालन हुने भएको हुँदा सो शिविर बाट लाभ लिन सम्पूर्ण वडा बासीहरुलाई वडा अध्यक्ष नन्दलाल श्रेष्ठले सार्वजनिक सुचना मार्फत अनुरोध गरेका छन ।
तपाइँको प्रतिक्रिया ।