उत्तरगया क्रियटिभ महिला समाज गोकर्णेश्वर ४ द्वारा संचालित १ महिने ब्युटिसियन तालिम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, असार २३। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा उत्तरगया क्रियटिभ महिला समाज द्वारा संचालित १ महिने ब्युटिसियन तालिम सम्पन्न भएको छ। बुधबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ को सभाहलमा उत्तरगया क्रियटिभ महिला समाजकी अध्यक्ष रेखा बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा निवर्तमान उप प्रमुख शान्ति नेपाल ,वडा अध्यक्ष जयराम महत, कार्यपालिका सदस्य गौरीमाया श्रेष्ठ, वडा सदस्य राजेश श्रेष्ठ, कृष्ण श्रेष्ठ, सुनिता परियार ,प्रशिक्षक नमिता खड्का, वडा सचिब नवराज सेन लगायत प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो। जेठ २१ गते असार २० गते सम्म संचालन भएको सो तालिममा २५ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बिशेष अतिथिहरुले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।कार्यक्रममा बोल्ने वक्ताहरुले तालिममा सिकेका शिपलाइ व्यवहारमा उतारी आयमुलक व्यवसाय संचालन गर्न अनुरोध गरेका थिए । सामुहिक रुपमा गरेका कामको परिणाम राम्रो हुने बताउदै सामुहिक रुपमा व्यवसाय गर्नुपर्नेमा जोड दिदै त्यसमा नगरपालिका र वडाको सकारात्मक सहयोग हुने बताएका थिए ।अध्यक्षताको आसन बाट बोल्दै उत्तरगया क्रियटिभ महिला समाजकी अध्यक्ष रेखा बस्नेतले उपस्थित सबैलाई धन्यबाद दिदै तालिमबाट एक महिनाको दौरान सिखेको सिपले दैनिक जिवनको साथै आयआर्जन गर्न पनि टेवा पुग्ने बिश्वास ब्यक्त गरेकी थिइन ।
फोटो :जी के