सडक छेउमा ब्यापार व्यवसाय संचालन नगर्न र निर्माण सामग्री नराख्न कागेश्वरी ८ को अनुरोध

सडक छेउमा ब्यापार व्यवसाय संचालन नगर्न र निर्माण सामग्री नराख्न कागेश्वरी ८ को अनुरोध

कपन अनलाइन

काठमाडौं, असार २२ ।  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ ले सडक छेउमा ब्यापार व्यवसाय संचालन नगर्न र निर्माण सामग्री नराख्न सार्वजनिक सूचना जारी गरेको छ। वडा अध्यक्ष हरिभक्त पुडासैनीले जारी गरेको उक्त सुचनामा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ भित्र बसोबास गर्ने नागरिकद्वारा वडा कार्यालयमा पेश गरेको गुनासो सम्बन्धमा बुझ्दा वडा नं ८ भित्रका बिभिन्न भित्रि तथा मूल सडक किनारमा  संचालनमा रहेका ब्यापार व्यवसाय तथा निर्माणाधीन घर/टहरा लगायतले निर्माण सामग्री थुपार्ने गरेका कारण यातायात आवागमनमा समस्या भएको साथै पैदल यात्रुहरुलाई समस्या परेको बुझिएकोले जो जसद्वारा सडक किनारामा ब्यापार व्यवसाय संचालनमा रहेको साथै निर्माण सामग्री सडक किनारमा थुपार्ने कार्य भएको छ सो ब्यापार व्यवसाय तथा निर्माण सामग्री हटाइ यातायात आवागमनमा सहजीकरण गरिदिन सार्वजनिक सुचना द्वारा सुचित गरिएको उल्लेख गरिएको छ। साथै सुचना अटेर गरि ब्यापार व्यवसाय संचालन गर्ने तथा निर्माण सामग्री थुपार्ने कार्य निरन्तर गरेमा प्रहरी प्रशासन द्वारा कानुन बमोजिम कारवाही गरिने समेत जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।