यज्ञडोल जगडोल युवा क्लब द्वारा जगडोल मार्ग सरसफाई, जनप्रतिनिधिले दिए साथ
कपन अनलाइन
काठमाडौं असार २१ । बुढानिलकण्ठ नगरपालिका ११ जगडोल प्रवेश गर्ने गर्ने मार्ग सरसफाई गरिएको छ। शनिबार यज्ञडोल जगडोल युवा क्लबको आयोजना मा बिशेष सरसफाई गरिएको हो ।उक्त कार्यक्रममा गोकर्णेश्वर ९ का वडा सदस्य उमेश चालिसे र बुढानिलकण्ठ नगरपालिका ११का वडा सदस्य राजेन्द्रकुमार आधिकारीको समेत उपस्थिति रहेको थियो एतिहासिक र पौराणिक महत्त्व बोकेको रमणीय गाउ जगडोल र राष्ट्रिय शहिद पार्क नजिकै फोहोरको डङ्गुर देखे पश्चात स्थानीय बसन्त पौडेलले गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका प्रमुखलाइ फोहोर उठाउन खुल्ला पत्रनै लेखेका थिए ।
जगडोल जाने मुल सडकको प्रबेश द्वार नजिकै अज्ञात मानिसले ल्याएर फ्याकेका फोहोरको कारण दुर्गान्धित भएको उक्त स्थानमा वडा सदस्य द्वय उमेश चालिसे र राजेन्द्र कुमार अधिकारीको पहल तथा यज्ञडोल जगडोल युवा क्लबको सक्रियतामा सरसफाई गरिएको छ भने उक्त स्थानमा भएको सिसिटिभी क्यामरा समेत मर्मतको लागि पहल गर्ने वडा सदस्य उमेश चालिसेले जानकारी गराएका छन ।सफा वडा नै आफनो पहिचान, परिचय अनि सभ्यता संग गासिएकोले आफु बस्ने वडालाइ सभ्य र सफा वडा वनाउनको लागि स्थानीयको सहयोग आवश्यक रहेको बताए ।
सरसफाईमा सहभागी भएकाहरुलाई धन्यबाद दिदै यज्ञडोल जगडोल क्लबका अध्यक्ष संजय पौडेलले सरसफाई कार्यलाइ निरन्तरता दिदै जाने बताए । उनले वर्षायाममा फोहोर बाट धेरै रोग लाग्ने र काठमाडौंमा समेत हैजा देखिएको हुँदा सरसफाइ कार्यलाई क्लबले प्राथमिकतामा राखेको बताए ।राम्रो समाजको निर्माणका लागि प्रत्येक ब्यक्ति एउटै परिवारको सदस्य जस्तै भइ कुनै राम्रो काम गर्न एक ढिक्का भएर सामाजिक सदभाब, भातृत्व प्रेमको भावना रहोस भन्ने उदेश्यले क्लबले विभिन्न समयमा सामजिक कार्य गर्दै आएको पनि उनले बताए ।
उक्त सरसफाई कार्यक्रममा नाली सफा गर्नु को साथै बाटोमा जथाभावी फ्याकिएका प्लास्टिक तथा सिसाजन्य फोहोर संकलन गरि सरसफाई गरिएको थियो।सरसफाईमा जुटेका युवाहरुले स्थानीय तहमा युवाहरु नै जागरुक भई सामाजिक कार्यमा लाग्न प्रेरित गर्ने उदेश्य का साथ् उक्त सरसफाई कार्यक्रम आयोजना गरिएको बताएका छन ।