शंखरापुर -३ को जहरसिँ पौवा देखि कात्तिके भन्ज्याङ सम्मको सडक बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
कपन अनलाइन
काठमाडौँ,असार २१। शंखरापुर नगरपालिका वडा नं ३ अन्तर्गत जहरसिँ पौवा देखि कात्तिके भन्ज्याङ सम्मको सडक बन्द हुने सम्बन्धी वडाले सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष सुर्य बहादुर तामाङले जारी गरेको उक्त सुचनामा शंखरापुर नगरपालिका वडा नं ३ अन्तर्गत जहरसिँ पौवा देखि कात्तिके भन्ज्याङ सम्मको सडक खण्डमा असार २० गते देखि मर्मत तथा ढलान गर्ने कार्य शुरु हुने भएकोले उक्त सडक खण्ड हुदै संचालन हुने सवारीसाधनहरुले असार २० गते देखि वैकल्पिक मार्ग प्रयोग गरि सवारी साधन संचालन गर्न सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।