स्वास्थ्य सजगता अपनाउन बुढानिलकण्ठ १२ को अनुरोध
कपन अनलाइन
काठमाडौं असार १५ । बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले स्वास्थ्य सजगता अपनाउन अनुरोध गरेको छ। वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईले सार्वजनिक सुचना जारी गर्दै स्वास्थ्य सजगता अपनाउन अनुरोध गरेका हुन उनले सार्वजनिक गरेको सुचनामा हाल बर्षातको कारण काठमाडौं उपत्यकाका बिभिन्न स्थानहरुमा तथा बुढानिलकण्ठ नगरपालिका कपन क्षेत्र सहितका स्थानहरुमा जल प्रदूषणका कारण सृजना भएका प्रकोप (हैजा लगायतका संक्रामक रोग) देखा परेको र खानेपानी लाइन बाट वितरित पानि तथा जारको खानेपानीमा पनि संक्रमण गराउने जीवाणुको मात्रा प्राप्त भएको भन्ने विशेषज्ञको राय समेतलाई मध्यनजर गरि तपसिल बमोजिम गर्न अनुरोध गरएको छ ।
तपसिल:
१)उमालेको पानी मात्र पिउने
२) बाहिर तथा खुल्ला रुपमा बेचबिखन हुने खानेकुरा सेवन नगर्ने
३)घर बाहिर तयार तथा बिक्रि हुने पानीपुरी लगायतका खानेकुरा सेवन नगर्ने
४) सरसफाईमा बिशेष ध्यान दिने
५) झाडापखालासंग मिल्दाजुल्दा लक्षण देखा परेमा यथाशिघ्र स्वास्थ्य संस्थामा सम्पर्क गरि परिक्षण गराउने
६) केहि जिज्ञासा भए वडा नं १२को कार्यालय भवनको भुइँतल्लामा रहेको दुर्गा मन्दिर शहरी स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।