म विरुद्धको पक्राउ पुर्जी पार्टीगत प्रतिसोधको पराकाष्ठा हो : दिनेश महर्जन ( अध्यक्ष ,काठमाण्डौ -४ )

म विरुद्धको पक्राउ पुर्जी पार्टीगत प्रतिसोधको पराकाष्ठा हो : दिनेश महर्जन ( अध्यक्ष ,काठमाण्डौ -४ )

कपन अनलाइन

काठमाण्डौ ,असार १५।

काठमाडौं महानगरपालिका वडा नं ४ का अध्यक्ष दिनेश महर्जनले १२ हजार वृद्ध भत्ता हिनामिना गरेको भन्दै आफु विरुद्ध पक्राउ पुर्जी जारी गरिनु पार्टीगत प्रतिसोधको पराकाष्ठा रहेको बताएका छन।

सो प्रकरणमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको र सो विषय सामान्य मानवीय त्रुटी मात्र भएको बताउदै अध्यक्ष श्रेष्ठले चुनावमा आफु संग पराजित भएकाहरुले शक्ति र सत्ताको  चरम दुरुपयोग गरि अपराधी बनाई पक्राउ जारी गरिएकोमा दुख समेत व्यक्त गरेका छन।

अख्तियारले सफाइ दिएको र जिल्ला सरकारी वकिलको कार्यलयले खोल्नु नपर्ने भनि थन्काएको मुद्दामा  पहिला वडा अध्यक्ष  मोहन बिष्ट लगायत भनि सम्बोधन गरिएको भएपनि अहिले दिनेश महर्जन सहित भन्ने बनाएर पक्राउ पुर्जी जारी गर्नु केवल राजनीतिक प्रतिसोध  बाहेक केहि नभएको बताउदै महर्जनले वडावासीको  शिर निहुराउने काम  कहिले पनि नगरेको र नगर्ने प्रतिवदत्ता व्यक्त गरेका छन।

 

महर्जनले सामाजिक संजालमा राखेको पोस्ट : 

तपाइँको प्रतिक्रिया ।