भूकम्प प्रभावित बुढानिलकण्ठ क्षेत्रको वृतचित्र बन्ने

भूकम्प प्रभावित बुढानिलकण्ठ क्षेत्रको वृतचित्र बन्ने

काठमाडौं (जस)– विनाशकारी भूकम्पले देशका १४ जिल्ला नराम्ररी प्रभावित भएका छन् । १४ जिल्ला मध्ये देशको राजधानीमा पनि नराम्ररी क्षति पुगेको छ । राजधानीको बुढानिलकण्ठ नगरपालिका क्षेत्रमा पनि २९ जनाको मृत्यु हुनुका साथै करोडौंको भौतिक क्षति भएको छ ।

11304445_638895046212683_111732582_n
बुढानिलकण्ठ नगरपालिकाका १७ वटा वडामा विनाशकारी भूकम्प र त्यसपछि आएका पराकम्पनका कारण भएको भौतिक तथा मानविय क्षति र त्यसबाट सर्वसाधारणमा परेको असरका बारेमा एक वृतचित्र बन्ने भएको छ । बुढानिलकण्ठ क्षेत्रमा भूकम्पबाट भएका क्षति र त्यसका असरका बारेमा वृतचित्रमा समेटिने बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिनुभयो । वृतचित्रका लागि बुढानिलकण्ठ क्षेत्रमा काम गर्दै आइरहेको कपन अनलाइन मिडिया प्रालिलाई जिम्मा दिइएको पनि उहाँले जानकारी दिनुभयो ।
वृतचित्रमा बुढानिलकण्ठ क्षेत्रमा भूकम्पबाट भएका क्षति र त्यसले पारेको असरका बारेमा सम्पूर्ण जानकारी दिने उद्देश्यले बनाउन लागिएको कपनअनलाइनका अध्यक्ष आशिष गुरागाँईले जानकारी दिए । उनले बैशाख २९ गते गएको भूकम्पको गोेल्फुटार क्षेत्रका प्रत्यक्ष दृश्य पनि समावेश गरिने जानकारी उनले दिए ।

तपाइँको प्रतिक्रिया ।