काठमाण्डौमा राष्ट्रपति रनिङ सिल्ड सुरु : बुढानीलकण्ठ रशंखरापुर नगरपालिका फाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,असार १४।

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा ११ औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुद सोमबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन भलिबलको प्रतिस्पर्धा भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको भलिबलको छात्रमा शंखरापुर नगरपालिका र बुढानीलकण्ठ नगरपालिका फाइनलमा प्रवेश गरेका छन् । छात्रामा चन्द्रगिरी नगरपालिका र काठमाडौं महानगरपालिकाले उपाधि भिडन्त पक्का गरे ।
प्रतियोगितामा भलिबलसहित कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुने छ । यसै प्रतियोगिताबाट बाग्मती प्रदेश राष्ट्रपति रनिङ सिल्ड खेलकुदका लागि खेलाडी छनोट गरिने काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । प्रतियोगिता असार १५ गतेसम्म चल्ने छ ।

तपाइँको प्रतिक्रिया ।