प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा न्यू डायमन्ड र परोपकार फाइनलमा

प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा न्यू डायमन्ड र परोपकार फाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,असार ११ ।

आयोजक न्यू डायमन्ड एकेडेमी र परोपकार आदर्श मावि प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा न्यू डायमन्डले ब्राइट होराइजन चिल्ड्रेन होमलाई २५–१२ र २५–१९ को सोझो सेटमा पराजित गर्दै अपराजित रहेर फाइनलमा स्थान पक्का गरेको हो । डायमन्डले राउन्ड रोविन लिगमा ३ खेलबाट ९ अंक जोड्यो ।

शुक्रबारै भएको अर्काे खेलमा परोपकार आदर्श माविले ज्ञान सुधा एकेडेमीलाई २५–२ र २५–२२ को सोझो सेटमा पारजित गर्दै फाइनलमा डायमन्डसँगको भेट पक्का ग¥यो । परोपकारले ३ खेलबाट ६ अंक जोड्यो । एक खेलमा जित निकालेको ज्ञान सुधा एकेडेमीले ३ तथा ब्राइट होराइजन चिल्ड्रेन होमले सबै खेलमा हार बेहोर्दै अंकको खाता खोल्न सकेनन् । अब शनिबार उपाधिका लागि न्यू डायमन्ड र परोपकार तथा तेस्रो स्थानको लागि ज्ञान सुधा र ब्राइट होराइजनबीच प्रतिस्पर्धा हुनेछ । न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा न्यू डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा एकेडेमी र ब्राइट होराइजन चिल्ड्रेन होम गरी चार टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २५ हजार र तेस्रोले १५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । चौथो हुनेले १० हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् । सर्वाेत्कृष्टले तीन हजार रुपैयासहित ट्रफी प्राप्त गर्नेछन् । व्यक्तिगत विधाको उत्कृष्टहरुले समान १ हजार रुपैया र ट्रफी प्राप्त गर्नेछन् ।

तपाइँको प्रतिक्रिया ।