टोखा नगरपालिकाले “नागरिक सन्तुष्टि सर्वेक्षण” गर्ने

टोखा नगरपालिकाले “नागरिक सन्तुष्टि सर्वेक्षण” गर्ने

कपन अनलाइन

काठमाण्डौ ,असार ९ ।

टोखा नगरपालिकाले आफ्ना कार्यालयहरुबाट प्रदान गरिने सेवाहरुका वारेमा “नागरिक सन्तुष्टि सर्वेक्षण” गर्ने भएको छ।

नगरपालिकाको नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख प्रकास अधिकारीले नगरपालिका र यसका सम्बन्धित कार्यालयहरुमा सोधपुछ तथा सहायता कक्ष स्थापना गरेर  “नागरिक सन्तुष्टि सर्वेक्षण” गर्ने जानकारी दिएका छन।

नगरपालिकाले सम्पन्न गरेका कामहरुको वारेमा नगरवासीलाई जानकारी दिनका लागि चौमासिक रुपमा नगर बुलेटिन प्रकासन गर्ने उल्लेख गरिएको नीति तथा कार्यक्रममा नगरपालिकामा बसोवास गर्ने बिज्ञ नगरवासीको रोस्टर तयार गरेर उनीहरुको ज्ञान ,शिप ,दक्षता र अनुभवलाई उपयोग गर्ने जानकारी दिइएको छ।

नीति तथा कार्यक्रमको संस्थागत विकास तथा सुशासन शिर्षकमा नगरपालिकाका अस्थायी तथा करार कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने उल्लेख गरिनुका साथै सबै वडा कार्यालयहरुमा डिजिटल सुचना पाटी राखिने योजना ल्याइएको छ ।

तपाइँको प्रतिक्रिया ।