भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडका लागि छनोट खेल सुरु

भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडका लागि छनोट खेल सुरु

कपन अनलाइन

काठमाण्डौ ,असार ९।

भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडका लागि छनोट खेल बुधवार सुरु भयो । काठमाडौँको होटेल केसु होममा जारी छनोटमा पुरुष तर्फ १० तथा महिला तर्फ १२ खेलाडी सहभागी छन् । पुरुष तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शीर्ष वरियताका विवेक थीङ स्वतः ः छनोट भएका छन् । थप तीन जना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिने छन् । यसै गरी महिला तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष बरीयताकी सुजना लोहनी छनोट भइसकेकी छिन् । थप चार जना खेलाडी यसै प्रतियोगिताबाट छनोट हुने छन् ।
छनोट खेलको बाग्मती प्रदेशका खानेपानी, उर्चा तथा सिचाई मन्त्री वसन्त मानन्धरले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेपाल बुद्धीचाल संघका केन्द्रिय सल्लाहकार सुबोधराज सेर्पाली, संघका उपाध्यक्ष नारायण गमाल र ज्ञानेन्द्र खाइजुका साथै काठमाडौं जिल्ला बुद्धीचाल संघका अध्यक्ष नारायण श्रेष्ठ र सचिव प्रविण भडेँलको उपस्थिती थियो ।
पहिलो चरणमा शिर्ष बरियताका खेलाडी रुपेस जययवाल विचको खेल बराबरीमा सकियो । यसैगरी, फीडे मास्टर क्षितिज भण्डारीले प्रकास नेपाललाई हराए । अर्को खेलमा सुरबीर लामाले सजिन मर्हजनसंगको खलमा जित हात पारे । मनीष हमालले कृष्ण थापा तथा मिलन लामाले सुसील चौधरीलाई हराए ।
महिला तर्फको खेलमा कृत्तीसरा अधिकारीले खुस्बु थापा, शान्ती धिमालले आभा पुडासैनी तथा अनिसा न्यौपानले पूर्णीमा गुरुङलाई हराए । यसैगरी बिनिता पालीले पुनम प्रसाइसँगको खेलमा जित हात पारिन् । सिन्दिरा जोशीले सन्तोषी विकबाट वाक ओभर पाइन् ।

तपाइँको प्रतिक्रिया ।