बुढानिलकण्ठ नगर अस्पताल निर्माण अन्तिम चरणमा,निरीक्षणमा प्रमुख उपप्रमुख सहित बिज्ञहरु
कपन अनलाइन
काठमाडौँ, असार ६ ।
बुढानीलकण्ठ नगरपालिका प्रमुख र उप-प्रमुख र विज्ञको टोलिले वडा नं १० डिठ्ठा चौर स्थीत निर्माणाधिन नगर अस्तपालको अनुगमन गरेका छन।
नागर प्रमुख मिठाराम अधिकारी ,उपप्रमुख अनिता लामा , स्वास्थ्य विभागका भुतपूर्व महानिर्देशक मिङ्मा शेर्पा, चिकित्सा शीक्षा आयोगका निरिक्षक डा. दिलिप शर्मा, नेपाल प्रहरी महाराजगंज अस्पतालका मेडिकल निर्देशक डा. आशा सिंह लगायत न्युरो सर्जन एवं पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानका प्रोफेसर डा. प्रकाश विष्ट, काठमाडौं मेडिकल कलेजका प्राचार्य एवं हाजोर्नी चिकित्सक डा. रमेश प्रसाद सिंह लगायतले निर्माण अन्तिम चरणमा पुगेको अस्पतालको निरिक्षण गरेका थिए ।
सो अनुगमनमा वडा नं १० अध्यक्ष नवराज भट्टराई, वडा नं ११ अध्यक्ष राजु अधिकारी, वडा नं १२ अध्यक्ष शम्भु भट्टराई लगायत नगरपालिका प्रशासकिय अधिकृत केदार खड्का, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहाल, भौतिक पुर्वाधार महाशाखा प्रमुख शुनिल महर्जन र निर्माण कम्पनि लगायतको उपस्थिति रहेको थियो ।
बु]ढानीलकण्ठ नगरपालिकामा नगर अस्पताल भवन योजना २०७७ बैशाख १६ गतेका निर्णय अनुसार प्रतिष्ठागिरि कन्स्ट्रक्सन संग असार ०७ गते संझौता भई काम सुरु भएको अस्पतालको ८० प्रतिशत काम सम्पन्न भएको छ।
कुल लागत ९करोड ९३ लाख ६६ हजार ४ सय २० रुपैँया लागत रहेको सो अस्पताल निर्माणमा स्वास्थ्य मंत्रालयको ६ करोड र बाँकि लागत नगरपालिकाको रहेको छ।