कागेश्वरी २ ले आर्थिक वर्ष २०७९/०८० का लागि योजना छनौट कार्यको लागि स्थानीय संग गर्यो छलफल
कपन अनलाइन
काठमाडौँ, असार ३ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ ले आर्थिक वर्ष २०७९/०८० का लागि योजना छनौट कार्यको लागि स्थानीय संग छलफल गरि योजना संकलन कार्य गरेको छ । असार २ गते बिहान कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ को सुर्यमण्डलीमा वडा अध्यक्ष सुरज खड्काको संयोजकत्वमा भएको उक्त छलफलमा स्थानीयले विभिन्न विकास कार्यको चासो लिनुका साथै आवश्यक विकासका योजना माग गर्दै विभिन्न सुझाव दिएका थिए । वडा अध्यक्ष खड्काले वडाबाट माग भएका योजना र कार्यक्रम अध्ययन गरि स्थानीयले उठाएका योजना र समस्यालाइ सक्दो सम्बोधन गर्ने बताए।
वडाको चौतर्फी विकासका लागि सबैको राय–सुझाव र नमुना योजना माग गरिएको बताउदै अध्यक्ष खड्काले वडालाई समृद्द बनाउनको लागि सबैको सहयोग आवश्यक रहेको भन्दै रचनात्मक सुझाब दिएर सहयोग गर्न पनि उनले वडा बासीलाइ अनुरोध गरेका थिए । वडाले कार्यतालिका छुट्टयाएर टोल टोलमा बजेटको प्राथमिकता संगै योजना संकलन गरिरहेको छ ।