बुढानिलकण्ठ-१ को सार्वजनिक जग्गा विवाद चर्कियो: अरु पर्ति जग्गा पनि मिचिएको भन्दै उजुरी

बुढानिलकण्ठ-१ को सार्वजनिक जग्गा विवाद चर्कियो: अरु पर्ति जग्गा पनि मिचिएको भन्दै उजुरी

कपन अनलाइन

काठमाण्डौ ,असार १।

बुढानिलकण्ठ वडा नं १ मा  रहेकाे सार्वजनिक जमिन र साे जमिनमा बनेकाे क्रियापुत्री भवन र मन्दिरकाे विषयले अहिले निकै चर्चा पाइरहेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १ र ३ काे सिमाना नजिक खाेला किनारामा रहेको सार्वजनिक जग्गामा निर्माण गरिएको क्रियापुत्री भवन र मन्दिर भत्काउन जिल्ला अदालत काठमाण्डौबाट आदेश भए संगै सो जग्गा विवाद सार्वजनिक बहसको विषय बनेको छ।

२०७९ जेष्ठ  १९ गते बिहानै सो अदालतको आदेश अनुसार नगरप्रहरी,प्रहरी, डाेजर सहित सो जग्गामा निर्माण भएका संरचना भत्काउन पुगेको २०७९ बैशाख १६ गते नै जिल्ला अदालतको आदेशका विरुद्ध मुद्दा परेको स्थानीयले जानकारी पाएपछी फर्किएको थियो।

बुढानिलकण्ठका दुई वडाहरुको सिमानामा रहेको रहेको सो पर्ति जग्गा अगाडी रहेको कित्ता नं ६२६ की जग्गा धनि शर्मिला फुँयालका श्रीमान दुर्गा प्रसाद फुंयालले नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए संगै सो जग्गा कानुनी बहसमा प्रवेस गरेको थियो।

सोहि जग्गा सम्बन्धित ५ जनालाई प्रतिवादी बनाई फुँयालले दिएको निवेदन माथि बहस गर्दै २०७७ साल जेष्ठ १९ गते  बुढानिलकण्ठको न्यायिक समितिले स्थानीय सरकार संचालन ऐन २०७४को दफा ४९ बमोजिम सो मुद्दा नगर प्रमुखको क्षेत्राधिकार भित्र पर्ने फैसला गर्दै प्रमुख समक्ष पेस गरेको थियो।

न्यायिक समितिबाट लेखि पठाए संगै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलले २०७७ साउन २७ गते सो मुद्दाका प्रतिवादीहरु औपचारिक छलफलमा नआएको र म्याद नबुझेको भन्दै विना अनुमति निर्माण भएका संरचना हटाउन आदेश दिएका थिए।

बुढानिलकण्ठ नगरपालिकाबाट २०७७ साउन २७ गते  सो स्थानमा निर्माण भएका संरचना हटाउन आदेस भए संगै  वडा नं १ का दुर्गा प्रसाद फुँयालका विरुद्धमा  वादीहरु रविन्द्र प्रसाद पौडेल,सुरेन्द्र पौडेल ,मुकुन्द प्रसाद पौडेल ,उत्तम प्रसाद पौडेल र संजय प्रसाद पौडेलले २०७८ साल साउन १० गते जिल्ला अदालत काठमाण्डौमा दर्ता गराएको मुद्दाको फैसला पुस २० गते भएको थियो।

सो क्षेत्रका पर्ति जग्गा मिचिएको भन्दै अर्को उजुरी :

बुढानिलकण्ठ नगरपालिकाको मुद्दा नं ४४ र जिल्ला अदालत काठमाण्डौको मुद्दा नं ०७८-PD -०००१ र निर्णय नं १५७ मा सो स्थानमा निर्माण भएका संरचना भत्काउने आदेशको विरोध गर्दै स्थानीयहरुले अवरोध गरेर २०७९ बैशाख १६ गते अर्को मुद्दा पुनरावेदनमा दिएको जानकारी दिएपछी  सोहि क्षेत्रमा अन्य पर्ति जग्गा पनि मिचिएको भन्दै २०७८ साउन १३ गते अर्को मुद्दा दर्ता भएको थियो।

बुढानिलकण्ठ नगरपालिकाको न्यायिक समितिमा दर्ता नं ४१ रहेको उक्त मुद्दा बुढानिलकण्ठ नगरपालिका वडा नं १ का ५१ वर्षीय दुर्गा प्रसाद फुंयालले दर्ता गराएका छन।

सोहि स्थान बस्ने मुकुन्द प्रसाद पौडेल,उत्तम प्रसाद पौडेल,शम्भु प्रसाद पौडेल ,संजय पौडेल ,रविन्द्र पौडेल र दिपक अधिकारीलाई विपक्षी बनाइ फुँयालले दिएको निवेदन पत्रमा साविक चपली गाविस वडा नं १ (ख ) कित्ता नं ४१ हाल कायम कित्ता नं ६२६ को साँध र आसपासका क्षेत्रमा पनि सार्वजनिक पर्ति जग्गा भोगचलन भएको दावी गरेका छन।

कित्ता नं २९४ ,६४३ ,५८५, ६४४ र साविक ६३६  संग जोडिएका सार्वजनिक जग्गा व्यक्तिगत रुपमा प्रयोग भैरहेको  निवेदन पत्रमा  उल्लेख गरेका फुँयाल आफैलाई जग्गा बेच्ने जग्गाधनीकै पहलमा घर अगाडी क्रियापुत्री भवन र मन्दिर बनाइपछी घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्थामा पुगेका छन।

आफ्नो घर सम्म सार्वजनिक जग्गाबाट सिधा बाटो प्रयोग गर्न  नपाएपछी रन्थनिएर कानुनि उपचार खोज्न पुगेका फुँयालको निवेदन संगै लामो समय देखि व्यक्तिगत भोगचलनमा रहेका सो क्षेत्रका सार्वजनिक जग्गाको खोजि गर्नुपर्ने आवाज उठन थालेको छ।

साविक कित्ता नं ४१ र हालको कित्ता नं ६२६ किनबेच र सो अगाडी रहेको सार्वजनिक जग्गा विवादले नगरपालिकाको शिरमा रहेको शिवपुरी नागार्जुन रास्ट्रीय निकुन्ज जाने सडक रहेको सो क्षेत्रमा भएका सार्वजनिक जग्गा संरक्षणका लागि तुरुन्त पहल गर्नुपर्ने दवाव सृजना गरेको एक स्थानीय बताउछन।

वडा नं १ र ३ को सिमाना रहेको खोला र त्यसको आसपासमा रहेका सार्वजनिक जग्गा संरक्षणका लागि नगरपालिकाले विशेष पहल लिनुपर्ने धारणा राख्दै ति स्थानीयले सार्वजनिक सम्पत्ति जोगाउने भन्दा पचाउने प्रवृति बढेको भन्दै चिन्ता समेत ब्यक्त गरेका छन।

नगरपालिकाका प्रमुख र काठमाण्डौ जिल्ला अदालतबाट आदेश भए संगै हस्तक्षेपकारी भूमिका निर्वाह गर्न क्षेत्राधिकार भन्दा बाहिर परेको  भन्दै एक जनप्रतिनिधिले वडाले सो क्षेत्रको सार्वजनिक जग्गा संरक्षणमा प्रभावकारी सहजीकरण गर्ने बताएका छन।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।