गोकर्णेश्वर ३ ले आ. व २०७९/०८० को योजना छनौटका लागि स्थानीय संग गर्यो छलफल
कपन अनलाइन
काठमाडौं, असार १। गोकर्णेश्वर नगरपालिका वडा नं ३ ले आर्थिक वर्ष २०७९/०८० का लागि योजना छनौट कार्यको लागि स्थानीय संग छलफल गरि योजना संकलन कार्य सम्पन्न गरेको छ ।जेठ २५ गते देखि टोल टोलमा पुगेर स्थानीय संग छलफल गरि योजना संकलन गरिएको वडा सदस्य बुद्दी बहादुर श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए ।जेठ २५ गते साबिक बालुवा ५ डांडा पाखामा टोल भेला गरेको वडाले जेठ २६ गते साबिक बालुवा ८ कुमारी गाम्चा, नाट्यश्वरी मन्दिर र साबिक बालुवा २ महांकाल वडा कार्यालय प्रंगाणमा टोल भेला सहित स्थानीय संग छलफल गरेको थियो ।त्यसैगरि जेठ २७ गते साबिक बालुवा ७ टोठाडोल र उखुबारीमा टोल भेला गरिएको थियो भने जेठ २८ गते साबिक बालुवा १ जलदेवी मन्दिर ,साबिक बालुवा ६ कृष्ण मन्दिर प्राङ्गणमा टोल भेला गरेको वडाले जेठ २९ गते साबिक बालुवा ३ र ४ तारेभिर र साबिक बालुवा ९ मिराडोलमा स्थानीय संग छलफलगरि योजना संकलन गरिएको थियो ।
उक्त छलफलमा वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल वडा सदस्य बुद्धि बहादुर श्रेष्ठ, सचिन लामा, चित्रमाया बिक , कार्यपालिका सदस्य लक्ष्मी भण्डारी लगायत वडाका कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलले टोलमा गर्नु पर्ने विकासका बारेमा स्थानीयको सल्लाह सुझाव माग गरेका थिए भनें स्थानीय बासिन्दाहरुले विभिन्न विकास कार्यको चासो लिनुका साथै आवश्यक विकास माग गर्दै विभिन्न सुझाव दिएका थिए । वडा अध्यक्ष कुइकेलले वडाबाट माग भएका योजना र कार्यक्रम अध्ययन गरि स्थानीयले उठाएका योजना र समस्यालाइ सक्दो सम्बोधन गर्ने बताए।
आर्थिक वर्ष २०७९/०८० को लागि वडामा करिब ४ करोडको बजेट परेको जानकारी दिदै वडाबाट संकलन भएका योजना र मागलाई छलफल गर्दै नगरसभाबाट पारित गराउने गरी आफूहरुले कसरत गर्ने उनले बताए । उनले पुराना अधुरा योजनालाइ पुरा गरि यसै वर्ष सम्पन्न गर्न सकिने खालका योजना छनौट गर्न समेत जोड दिदै अन्य योजनालाइ क्रमिक रुपमा आगामी वर्षहरुमा समेत सम्बोधन गर्दै जाने बताएका थिए ।साथै सहभागी संग को छलफलमा वडा सदस्य बुद्धिबहादुर श्रेष्ठ , सचिन लामा, चित्रमाया बिक , कार्यपालिका सदस्य लक्ष्मी भण्डारीले नगर बाट बाट सम्बोधन हुन सक्ने योजना हरुलाइ प्राथमिकताका साथ राखेर अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्दै ठुला योजना लाइ नगर बाटै प्रदेश तथा संघ तर्फ पहल गर्ने बताएका थिए ।वडाको चौतर्फी विकासका लागि सबैको राय–सुझाव र नमुना योजना माग गरिएको बताउदै उनीहरुले वडालाई समृद्द बनाउनको लागि सबैको सहयोग आवश्यक रहेको भन्दै रचनात्मक सुझाब दिएर सहयोग गर्न पनि वडा बासीलाइ अनुरोध गरेका थिए ।