स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाइ बागमती प्रदेश संसदीय दलको बधाई

स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाइ बागमती प्रदेश संसदीय दलको बधाई

कपन अनलाइन

हेटौडा , असार १। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले स्थानीय तहमा  नेपाली कांग्रेसको तर्फबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रम सहित सम्मान तथा स्वागत गरेको छ ।संसदीय दलका उप नेता कृष्णलाल भडेलको अध्यक्षता एवं संसदीय दलका नेता तथा बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यत़ामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि इन्द्रबहादुर बानियाँले निर्वाचित जनप्रतिनिधिलाई जनताको मर्म भावना अनुसार काम गर्न निर्देशन दिएका थिए ।उनले सबैलाई समेटन सके कांग्रेसको शिर उच्च हुने भन्दै कांग्रेस साँच्चै जनता प्रति इमानदार छ भन्ने प्रत्याभूति गराउने अवसर पुनः आएको बताएका थिए  । उनले पार्टीको शिर उच्चो राख्ने गरि काम गर्न आग्रह  समेत गरे ।

कार्यक्रममा बागमती प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रदेशसभा सदस्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा ललितपुर महानगरपालिका नगर प्रमुख चिरि बाबु महर्जन, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, निलकण्ठ नगरपालिका धादिङका नगरप्रमुख भिम ढुङगाना, दक्षिणकाली नगरपालिका काठमाडौंकी उपप्रमुख बसन्ति डङ्गोल तामाङ,कालिका गाउँपालिका रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटा,हेलम्बु गाउँपालिका सिन्धुपाल्चोककी उपाध्यक्ष अम्सरा लामिछाने लगायतले  शुभकामना मन्तव्य  राखेका  थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।