नेकपा एमाले गोकर्णेश्वर ४ले अतिक्रमित सार्वजनिक जग्गा संरक्षणको लागि वडालाइ ध्यानाकर्षण गरायो

नेकपा एमाले गोकर्णेश्वर ४ले अतिक्रमित सार्वजनिक जग्गा संरक्षणको लागि वडालाइ ध्यानाकर्षण गरायो

कपन अनलाइन

काठमाडौँ, जेठ २७।   नेपाल कम्युनिष्ट पार्टी एमाले गोकर्णेश्वर ४ ले अतिक्रमित सार्वजनिक जग्गा संरक्षणको लागि वडा नं ४ लाइ ध्यानाकर्षण गराएको छ।

 

बुधबार  वडा अध्यक्ष जयराम महतलाइ गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णेश्वर महादेव मन्दिर नजिक रहेको गोकर्ण  महिला संजाल संस्था अगाडीको सार्वजनिक जमिन अतिक्रमण गरि  पर्खाल  लगाइएकोमा ध्यानाकर्षण भएको जनाउदै तत्काल उक्त सडकको जग्गा खाली गराउनका साथै वडामा अतिक्रमित पर्ती जग्गा संरक्षण गर्न समेत  अनुरोध  गर्दै ध्यानाकर्षण  गराएको छ ।

नेपाल सरकार द्वारा २२ मिटर सडक छुट्टयाई  वाल लगाएको र त्यस २२ मिटर सडकलाइ समेत अतिक्रमण गरि कम्पाउन्ड लगाउने कार्य रोक्न समेत वडा तथा नगरलाइ ध्यानाकर्षण गराइएको वडा कमिटीले कपन अनलाइनलाइ जानकारी गराएको छ । सो सम्बन्धमा कपन अनलाइनले महिला संजाल संस्थाका पदाधिकारीलाइ जिज्ञासा राख्दा उक्त  जग्गा संरक्षणको लागि नै पर्खाल लगाउने कार्य अगाडी बढाइएको जानकारी गराएको छ। संजालको अनुसार  २०७१ सालमा गुठि संस्थान केन्द्रिय कार्यालय बाट कि नं ३१ को जग्गामा भत्केको जगदिश्वर मन्दिर बनाउने सर्तमा महिला भवन  समेत  स्वीकृति लिएर बनाएको  र  मन्दिर बनिसके पनि  मन्दिरको  थप केहि काम बाँकी नै रहेको हुँदा  सो स्थानमा   फोहोर  फ्याकिएर डम्पिङ बन्दै गए पश्चात   त्यसको संरक्षण को लागि  पर्खाल लगाउन लागिएको जानकारी  गराएको छ ।साथै   सबै तिर सडक बिस्तारको समयमा संजालले सडक बिस्तार लाई बाधा नपुर्याउने सर्तमा पर्खाल लगाइएको जानकारी गराएको छ ।साथै थप केहि बुझ्नु परेमा संजालमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ  ।

तपाइँको प्रतिक्रिया ।