गोकर्णेश्वर नगरपालिका द्वारा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा नविन र सरस्वती प्रथम

गोकर्णेश्वर नगरपालिका द्वारा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा नविन र सरस्वती प्रथम

कपन अनलाइन

काठमाडौं जेठ २६ । गोकर्णेश्वर नगरपालिका द्वारा  आयोजित १६-२४ वर्ष उमेर समूहका युवाहरुको “सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धन : बागमतीमा युवा सशक्तीकरण” शीर्षकमा खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

 गोकर्णेश्वरको जया मल्टिपल क्याम्पस माकलबारीमा बुधबार  सम्पन्न उक्त प्रतियोगिताको अध्यक्षता सोहि क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेलले गरेको कायक्रममा प्रमुख अतिथिको रुपमा नगर प्रमुख दिपक रिसाल रहेका थिए भने बिशेष अतिथिमा उप प्रमुख सानान्नी लामा,  शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख  डण्डपाणी शर्मा, शिक्षा उपशाखा प्रमुख श्री टेकेन्द्रप्रसाद ढकाल लगायत  प्रतियोगितामा सहभागीहरुको उपस्थिति रहेको थियो ।प्रतियोगिताको निर्णायकमा श्री अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपाल, विज्ञ  देवीप्रसाद पौडेल र डा. विनोद मंजन रहेको कार्यक्रम संचालन युवा तथा खेलकुद उपशाखा प्रमुख  रामनारायण शाहले गरेका थिए ।

 सो प्रतियोगितामापुरुष तर्फ बाट प्रथम स्थान गोकर्णेश्वर नगरपालिका वडा नं‍. ४ का श्री नविन गिरीले हासिल गरे भने   महिलातर्फ जया मल्टिपल क्याम्पसकी सरस्वती चौलागाईले प्रथम स्थान हासिल गरेकी छिन । सो प्रतियोगितामा सहभागी सबै युवाहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने युवाहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । जेठ २९ गते हुने जिल्लास्तरीय प्रतियोगितामा  गोकर्णेश्वर  नगरपालिका बाट पुरुष तर्फ  प्रथम भएका नविन गिरी र महिला तर्फ बाट सरस्वती चौलागाईले  प्रतिनिधित्व गर्ने आयोजकले जानकारी गराएका छन  ।

तपाइँको प्रतिक्रिया ।