कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ मा प्लटिङ तथा जग्गा सम्याउने कार्य नगर्न सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं,जेठ २५ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ ले प्लटिङ तथा जग्गा सम्याउने कार्य नगर्न सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष सुरज खड्काले जारी गरेको सुचनामा कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ भित्र बिना अनुमति जग्गा प्लटिङ गर्नको लागि अनाधिकृत रुपमा डोजर लगाई जग्गा सम्याउने कार्य गरेको पाइएको र हाल बर्षादको समय पनि भएकोले उक्त कार्य गर्दा बाटो एबम बस्ती समुदायलाइ समेत क्षति हुने हुँदा अर्को सुचना जारी नभएसम्म उक्त प्लटिङको जग्गा सम्याउने कार्य नगर्न सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।