बुढानिलकण्ठका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा एमाले काठमाण्डौको आवासीय प्रशिक्षण

बुढानिलकण्ठका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा एमाले काठमाण्डौको आवासीय प्रशिक्षण

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २१।

बुढानिलकण्ठ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा एमाले काठमाण्डौले आवासीय प्रशिक्षण दिएको छ।

भक्तपुर बोडेमा  रहेको कृषि विकास बैंकको प्रशिक्षण केन्द्रमा भएको सो प्रशिक्षणमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु , नगर र जिल्ला कमिटीका तोकिएका पदाधिकारीहरु लगायतको सहभागिता रहेको छ।

दुई दिन सम्म संचालन हुने सो प्रशिक्षणमा बजेट,प्रगतिशील कर प्रणाली,स्थानीय जनशक्ति र श्रोतको परिचालन, नगर सभा र कार्यपालिका बैठक संचालन अभ्यास ,दलको संचालन ,विस्तार र समन्वय , जनताको बहुदलीय जनवादको धारणा ,स्थानीय तहमा विकास निर्माण र प्रतिवदत्ता पत्र लगायतका विषयमा प्रस्तुतिकरण र छलफल गरिएको थियो।

काठमाण्डौ जिल्लाका ११ वटै पालिकाहरुका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जेष्ठ २० गते देखि २६ गते सम्म दिइने सो आवासीय प्रशिक्षणको पहिलो चरणमा डा. बिन्दा पाण्डे,कृष्ण राई ,रामशरण प्याकुरेल,कमान सिंह ,विद्यासुन्दर शाक्य ,सरिता न्यौपाने,दिपक निरौला ,मिलन धरेल, लक्ष्मी सापकोटा,ज्ञानमाया डंगोल,राम प्रसाद भट्टराई लगायतले प्रशिक्षण दिनेछन।

तपाइँको प्रतिक्रिया ।