पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाको नगर प्रमुखहरु संग छलफल

कपन अनलाइन

काठमाडौँ, जेठ १५ । पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाले कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुखलाइ बधाई तथा शुभकामना दिएकोछ  गोकर्णेश्वर नगरपालिका वडा नं ८मा रहेको कार्यालयमा   शुक्रबार एक कार्यक्रमका नव निर्वाचित नगर प्रमुखलाइ स्वागत तथा   निवर्तमान नगर प्रमुखहरुलाई बिदाइ सहित आयोजनाको बारेमा छलफल  गरिएको हो  ।

पूर्वी काठमाडौंको व्यवस्थित रुपमा विकास गर्ने उद्देश्यले आयोजनालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शंखरापुर नगरपालिकाको संयुक्त लगानीमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा पूर्वी काठमाडौं शहरी विकास आयोजना स्थापना गरिएको  थियो  ।

पूर्वी काठमाडौं शहरी विकास आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकाका ४ वटा वडाहरु, गोकर्णेश्वर नगरपालिकाका ३ वटा वडाहरु र शंखरापुर नगरपालिकाको एउटा वडा समेटिएको छ ।  कागेश्वरी मनोहरा नगरपालिका प्रमुख अध्यक्ष रहने गरि स्थापना भएको पूर्वी काठमाडौं शहरी विकास आयोजनाका प्रमुख दिपक श्रेष्ठ  इन्जिनियर परासर घिमिरे, शाखा अधिकृत एम कुमार कार्की कर्मचारी सलिना घिमिरे लगायतले  नवनिर्वाचित गोकर्णेश्वर नगरपालिका प्रमुख  दिपक रिसाल, कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उत्तम कार्की र गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजीव थापालाइ   स्वागत र बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो भने निवर्तमान शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले आयोजनामा पुर्याएको सहयोगको लागि धन्यवाद ज्ञापन गरिएको  थियो

कार्यक्रममा  पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाले हाल सम्म गरेका कामको संक्षिप्त प्रस्तुतिकरण गरिएको थियो ।कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका नव निर्वाचित नगर प्रमुख उपेन्द्र कार्कीले  आफु व्यवस्थित शहरी विकासको पक्षमा रहेको जानकारी गराएका थिए। उनले मिलेर काम गर्न आफु तयार रहेको र सो सम्बन्धि थप छलफल गरेर अघि बढ्नु पर्ने बताएका थिए। त्यसैगरि कार्यक्रममा निवर्तमान नगर प्रमुख सुबर्ण श्रेष्ठ र कृष्णहरि थापाले आयोजना संचालनको लागि आफुहरुको सकारात्मक सहयोग रहने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।