भद्रकाली आधारभुत बिध्यालय बुढानिलकण्ठ -६ मा अध्ययनरत बिद्यार्थीहरुलाई ट्रयाकसुट बितरण
कपन अनलाइन
काठमाडौँ, जेठ ११। बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा संचालित सामुदायिक बिध्यालय भद्रकाली आधारभुत बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई बिधालय पोशाक अन्तर्गत ट्रयाकसुट वितरण गरिएको छ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ६ बाट पुर्व विनियोजित रकम र कोरियन संस्थाको सहयोगमा उक्त बिध्यालयमा अध्ययनरत १६० जना बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच बितरण गरिएको हो ।
बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का निवर्तमान वडा अध्यक्ष नबिन केसी, वर्तमान वडा अध्यक्ष रबि खड्का वडा सदस्य राजु भण्डारी, वडा सदस्य मुना महर्जन लगायत समाजसेवी सहित बिध्यालयका शिक्षक अभिभावक र बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम बिध्यालयकि प्रधानाध्यापकले संचालन गरेकी थिइन।कार्यक्रममा बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान खड्काले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का निवर्तमान वडा अध्यक्ष नबिन केसीले उक्त बिध्यालय समाजको सम्पति भएको उल्लेख गर्दै धेरै मेहनतका साथ् सो बिध्यालय आजको अवस्था सम्म आइपुगेको जानकारी गराएका थिए । उक्त बिध्यालयमा निम्न आय भएका बालबालिका अध्ययन गर्ने हुँदा त्यस्ता अभिभावकले पोशाक खरीद गर्न नसकेकै कारण विद्यार्थी विद्यालय जानबाट बञ्चित हुन नपरोस भनेर आफ्नो कार्यकालमा वडाले पोशाकको लागि रकम बिनियोजन गरेको समेत जानकारी गराएका थिए ।
उनले यस्ता कार्यक्रमले बिध्यालयमा बिद्यार्थीहरुको आकर्षण समेत बढ्ने बताएका थिए। उनले विद्यालय तहमा शिक्षा राम्रो दिन सकियो भने भविष्यमा विद्यार्थीको भविष्य उज्जवल हुने हुँदा भद्रकाली आधारभूत बिध्यालयमा निजि बिध्यालय जत्तिकै शिक्षा प्रदान गर्न निजि स्रोतमा शिक्षकहरु समेत राखिएको उल्लेख गरेका केसीले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर बृद्दिका लागि थप कामहरु गर्नुपर्नेमा समेत जोड दिएका थिए। उनले आफु बाट उक्त बिध्यालयमा शैक्षिक उत्थानको लागि सकेको सहयोग सदैब हुने जानकारी दिदै प्राप्त बिध्यालय पोशाकको सदुपयोग गर्न अभिभावक र बिद्यार्थीहरुलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नव निर्वाचित वडा अध्यक्ष रवि खड्काले सामुदायिक बिध्यालय सुधार गर्न शिक्षक बिद्यार्थी र अभिभावक सहित समाजको पनि उत्तिकै भूमिका हुने बताएका थिए। आफुले कार्यभार सम्हाले पश्चात नै उक्त बिध्यालयलाइ प्राथमिकतामा राखेको जानकारी दिदै खड्काले विद्यालयको विकासको लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरुलाई अगाडी बढाउने बताए।कार्यक्रममा बिद्यालयले बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको थियो ।